Online News Khabar

यस्ता छन बडिमालिकादेखी देखिने हिउँ कञ्चनका फाँटहरु

875
SHARES
1k
VIEWS

कालिकोट – समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालाीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ ।

नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन् ।

बडीमालीकाको सौन्र्दय भनेकै विशाल फाँटहरु हुन् । तर अचेल यी फाँटहरु बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ ।

स्थानीय पर्यटन व्यवसायी मनराज सिम्खाडा बडीमालिका क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर यसलाई संरक्षण गर्नुपर्ने बताउँछन् ।
बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन । बडिमालिका जानका लागी बाटोमा वास बस्ने ठाउँ छैन । धार्मिक र पर्यटकिय रुपमा चर्चित रहेको यो क्षेत्रमा पर्यटक र भक्तजनहरुका लागी वास बस्ने घर छैन । यसले गर्दा एक पटक दर्शन गर्न आएका भक्तजनहरु फेरी नर्फिने गरेका छन । अव धर्मशाला बनेपछी पर्यटकहरुको आवागमनमा वृद्धी हुने विश्वास छ ।
बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन ठूलो मेला लाग्छ । त्यो समयमा केही स्थानीय व्यापारीहरुले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरु खासै भेटिँदैनन् । बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।

बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरु त्यहीँ बास बस्ने गर्छन् ।मन्दिर पुजारी कृष्न धमला भन्छन् बडिमालीकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुडीको चोरी निकासी हुने गरेको छ । सरकारले बडीमालीका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उनको माग छ ।
बडिमालिका क्षेत्रलाई पश्चिम नेपालकै मुख्य पर्यटकिय क्षेत्र बनाउन कालिकोट, अछाम र कालिकोटका स्थानिय तहहरुले पुर्वाधारका कामहरु अगाढी बढाउका छन ।
त्रिवेणी धामसम्म सडक पुगाउने उदेश्यले अहिले कालिकोटको शान्नि बिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाल बल्लेकाँधसम्म सडक खनिरहेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित