Online News Khabar

द्वन्द्वमा ज्यान गुमाएका प्रहरीकोे सम्झनामा स्मारक

864
SHARES
1k
VIEWS

कालिकोट- रोल्पा ,रुकुम, जाजरकोट पछीको कालिकोट सशस्त्र द्वन्द्वको चपेटामा परेका जिल्ला हुन । दशवर्षे जनयुद्धको समयमा यी जिल्ला बढीनै चपेटामा रहेका थिए । यसै बेला दोहोरो भिडन्तमा परी डिएसपी कैलाशकुमार क्षेत्रीलगायत सयौँ प्रहरीले ज्यान गुमाउनु परेको थियो ।
यसैको सम्झनामा द्वन्द्वको समयमा ज्यान गुमाएका प्रहरीहरूको सम्झनामा जिल्ला प्रहरी कार्यालयमा स्मारक निर्माण गरिएको छ । तत्कालीन जिल्ला प्रहरी प्रमुख कैलाशकुमार क्षेत्रीलगायत २२ जना प्रहरीको नामसहितको स्मारक बनाइएको हो ।

पूर्वाधार विकास कार्यालयको ३ लाख रुपैयाँ बजेटबाट स्मारक निर्माण भएको हो । स्मारकले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका प्रहरी कर्मचारीलाई भावी पुस्ताले पनि स्मरण गरी राख्न मद्दत पुग्ने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताए ।
कालीकोटजस्तो विकट जिल्लामा देश र जनताको सेवा गर्ने क्रममा वीरगति प्राप्त गरेका अमर प्रहरी कर्मचारीको स्मारकले जनताको सेवामा समर्पित हुन प्रेरणा दिइरहने उनको भनाइ छ ।
‘देश र जनताको सुरक्षामा खटिँदा ज्यान गुमाएका अमर प्रहरीको सम्झनामा स्मारक बनाइएको हो,’ उनले भने, ‘यसले फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन सहयोग पुग्छ ।’

सशस्त्र द्वन्द्वका बेला ०५६ साउन १ गते कालीकोटमा हाजिर भएर २६ गते इलाका प्रहरी कार्यालय कोटवाडा निरीक्षणमा जाने क्रममा माओवादीले अधेरीखोला भीरमा थापेको एम्बुसमा परी ज्यान गुमाएका तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी कैलाशकुमार क्षेत्री, ०५७ मंसिर १४ गते इलाका प्रहरी कार्यालय कोटवाडा आक्रमणमा मारिएका असई प्रकाश थापासहित जिल्लाभरि ज्यान गुमाएका २२ जना प्रहरी सहिदको नाम स्मारकमा उल्लेख छ । चितवनको भरतपुर महानगरपालिका–२ घर भएका क्षेत्री सशस्त्र द्वन्द्वमा सबैभन्दा पहिले तत्कालीन माओवादीबाट मारिएका नेपालकै पहिलो उच्च प्रहरी अधिकारी हुन ।

डीआईजी ढकालले कालीकोटबाट सुर्खेत फर्किने क्रममा कर्णाली राजमार्ग छेउमा पर्ने मान्मस्थित भवानी आधारभूत विद्यालयका बालबालिकासँग अन्तरक्रिया गरे । उनले लागूऔषध दुर्व्यसन, बाल विवाह न्यूनीकरण, अपराधबारे प्रहरीलाई कसरी सूचना दिने भन्नेबार विद्यालयका बालबालिकालाई जानकारी दिए ।

यसैबीच सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले आक्रमण गरी विस्थापित गरेको रास्कोट नगरपालिकास्थित फुकोट प्रहरी चौकी पनी पुनःस्थापना गरिएको छ ।
सम्बन्धित फोटोः
१) दन्द्धमा ज्यान गुमाएका प्रहरीको सम्झनामा बनाइएको स्मारक उद्घाटन गर्दै डिआइजी ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित