कालिकोट- नेपाल खाद्य संस्थानको चामल पुग्नु पर्ने ठाउँमा नपुगाई बिच बाटोमै बिक्रि गरेको पाइएको छ ।्
खाद्य संस्थान डिपो पादमघाट शाखा डिपोघर बाट बिक्र् गर्नु पर्ने चामल बिच बाटोमै उपभोक्तालाई बिक्री गरेको पाइएको हो ।
महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहको टोलीले खाद्या डिपोको अनुगमन गर्ने क्र्ममा ठेकेदारले चामल डिपोमा नपुगाई उपझोक्ताहरु लाई बिच बाटोमै बिक्रि गरेको पाइएको हो ।
ढुवानीको जिम्मा लिएको ठेकेदारले बिक्री गर्नु पर्ने ठाउँमा नपुगाई बिच बाटोमै चामल बिक्री गरेको भेटिएपछी गाउँपालिका अध्यक्ष सिंहले कडा निर्देशन दिएका छन ।
डिपोमा चामल बितरण नगरी जन्तालाई दुख दिने गलत कामका विरुद्ध आफुहरु निरन्तर लागि परेको बताए ।
प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले ढुवानीको जिम्मा पाएको ठेकेदारले पुराउने पर्ने ठाउँमा अनिर्वाय सामान पुगाउनु पर्ने बताएका छन । यदी यसो भएकै हो भने ठेकेदार र सम्बन्धित कर्मचारीलाई सोधपुछ गर्ने बताए ।
उता नेपाल खाद्य संस्थान मान्मका प्रमुख कमलराज पाण्डेले डिपोमा एक जना कर्मचारी मात्र रहेकाले समस्या आएको बताए । एक जना कर्मचारी त्यी पनी आमा बिरामी भएर जिल्ला वाहिर रहेकाले यो समस्या आएको बताए ।
यो समस्या मुख्य ठेकेदारको हो ।
ठेकेदारले खच्चरवाला लाई तेर्सो ढुवानी गर्ने जिम्मा दिनुले डिपोमा चामल पुगाउन नसकेको प्रमुख पाण्डेले बताए ।
ठेकेदारलाई सवै चामल डिपोमा पुगाएर मात्र बिक्रि गर्न भनिसकेका छौँ ।
३० किलोको अरुण मोटा चामल एक हजार पाँच सयमा बाटोमै बिक्री गरेका छन ।
Discussion about this post