कालिकोट – प्रेस चौतारी नेपाल कालिकोटले रक्तदान तथा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।
आफ्नो संगठनको २५ औँ स्थापना दिवसको अवसरमा आइतवार जिल्ला अस्पतालका बिरामिहरुलाई फलफुल दिएर कार्यक्रम मनाएको हो ।
प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष विश्वनाथ सिम्खाडा, केन्द्रिय सदस्य कालिबहादुर मल्ल, नेता तुलाराम पाण्डे, खडानन्द्र अधिकारी, हस्त चौलगाई सचिव डिल्ली चौलगाई लगायतको टोलीले अस्पतालमै पुगी बिरामीहरु फलफुल वितरण गरेका हुन ।
वितरण गरेको फलफुले बिरामीको स्वास्थ्यमा केही मात्रामा सहयोग पुगोस भनि सो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष विश्वनाथ सिम्खाडाले बताए ।
पछिल्लो समय स्थापना दिवस होस वा अन्य खुसीआलीका कार्यक्रममा फर्जुल खर्चगर्ने परीपाटीको अन्त्य गरी समाजिक सेवामा सवैको चासो र चिन्ता जागोस भनी यो कार्यक्रम संचालन गरिएको सिम्खाडाले बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य कालीबहादुर मल्लले प्रेस चौतारी नेपालले आजकै दिन देशका ७७ वटै जिल्लामा यस्ता खालका सामाजिक सेवाका कार्यक्रमको आयोजना भइरहेको जानकारी गराएका थिए ।
प्रेस चौतारी नेपाल देशका सवै प्रेस संघ संगठनहरु भन्दा क्रियाशिल र बलियो संगठन भएकाले यस्ता समाजिक सेवामैत्री कामहरु अझै गर्दै जाने बताए ।
कार्यक्रममा तुलाराम पाण्डेले प्रेस चौतारी नेपाल एउटा कलम जिवी संगठनका साथै समाज सेवामा पनी उतिकै काम गर्ने संगठन भएको बताए ।
नेपालका हरेक क्रन्तिमा प्रेस चौतारीको महत्वपुर्ण भुमिका रहेको बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिका महासचिव प्रेमराज सिम्खाडाले कार्यक्रमबारे प्रस्ट जानकारी दिएका थिए ।
यसै विच प्रेस चौतारी नेपालका नेता किरण अधिकारीले रक्तदान समेत गरेका छन । सुत्केरी भइ रगतको अभाव खेपेकी शुभकालिका गाउँपालिका वडा नम्बर ५ निवासी बिन्दा शाहीलाई अधिकारीले ए पोइन्ट (ओ पोजेटिभ) रगत दिएका छन ।
पत्रकार किरण अधिकारीको रगतले ३७ वर्षीया शाहीको ज्यान जोगिएको छ ।
फलफुल वितरणमा जिल्ला अस्पतालका डाक्टर रमितानाथ योगी, लंक बम, हेमराज बम, दुर्गा शाही लगायतका स्वास्थ्य कर्मिहरुको सहभागिता थियो ।
Discussion about this post