हस्त चौलागाई- नेपाल प्रहरीमा कार्यरत अधिकृत तथा जवानहरुलाई क्षमता अभिबृद्धि सम्वन्धि तालिम शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट र माताहतका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान तथा अधिकृतहरु तालिममा सहभागि छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामहरी सर्माको प्रमुख आथित्यतामा तालिम उद्घाटन गरिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग ,जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजना तथा किर्डाक नेपाल कालिकोटको सहजिकरणमा कार्यक्रम भएको छ ।
सेभ द चिल्ड्रेनका बाल संरक्षण अधिकृत बाले विश्वकर्माले तालिमको उद्येश्य माथि प्रष्ट पादै बालवालिका सम्वन्धि बनेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनी प्रावधानका बारेमा जानकारी गराई सोको कार्यान्वयनमा प्रहरीको भुमिका विषयमा छलफल गर्ने बताएका छन् । कालिकोट जिल्लामा बालविवाह र बालवालिका माथि हुने हिंसाको बर्तमान अवस्था र प्रहरीको भुमिका विषयमा छलफल गर्ने , बालवालिका विरुद्ध हुने हिंसा र बालविवाह न्युनिकरणमा जिल्लाब्यापी अभियान संचालनका लागि बार्षिक कार्ययोजना निर्माण गर्ने पनी विश्वकर्माले बताएका छन् । कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा रहेका प्रहरी कार्यालय माताहतका प्रहरी चौकीमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई बालवालिका सम्वन्धि एैन २०७५ का ब्यवस्था र कार्यान्वयनमा प्रहरीको भुमिका,बालवालिका विरुद्धका कसुर र सजायको व्यवस्थाका बारेमा जानकारी गराउने प्रहरी नायव उपरिक्षक जयश्वर रिमाले बताए । प्रमुख जिल्ला अधिकारी रामहरी सर्माले बालवालिकाको क्षेत्र अतिसंवेदनशिल रहेकाले महिला,बालवालिका,जेष्ठ नागरिक सेवा केन्द्र र बाल निगरानी कक्षमा काम,कर्तव्य र अधिकार नभुलेर काम गर्नु अनुरोध गरेका छन् । यो तालिम महत्वपुर्ण रहेकाले तालिममा नतमस्तक भएर सिक्नु पर्ने बताएका छन् । कार्यक्रममा सरकारी वकिल कार्यालयका सिताराम राउत,जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमाल,प्रमुख जिल्ला अधिकारी रामहरी सर्मा तथा सेभ द चिल्ड्रेनमा कार्यरत कर्मचारीहरुले प्रशिक्षक गर्नेछन् ।
Discussion about this post