कालिकोट – स्कुल जानबाट बञ्चित बालवालिकोको खोजी गरी स्कुल भर्ना गर्नु पर्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताएका छन् ।
मंगलवार मान्ममा जिल्लाका ९ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुका लागी ४ दिने क्षमता विकास तालिमकामा सहभागी शाखा प्रमुखहरुलाई प्रजिअ शर्माले यस्तो निर्देशन गरेका हुन् ।
शैक्षिक गुणस्तरमुखी सामुदायिक विद्यालय कायम गर्न तथा शैक्षिक योजना कार्यन्वयन गर्न शिक्षा विकास तथा समन्वय इकाइ कालिकोटको आयोजनामा संचालित ४ दिने तालिममा प्रजिअ शर्माले कालिकोटमा अझैपनी बालवालिका स्कुल जानबाट बञ्चित रहेका छन यसको सावधानका लागी पालिकाले खोजी गरी विद्यालय भर्ना गर्नु पर्ने बताएका छन ।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले अझैपनी बिपन्न तथा आर्थिक अवस्था कमजोर बालवालिका विद्यालय जानबाट बञ्चित रहेको पाइएको छ । यस्ता बालपालिकालाई खोजि गरी संघ संस्थाहरुको सहयोग र समन्वयमा पालिकाले अनिवार्य विद्यालय भर्ना गर्नु पर्ने बताए । यस्तै प्रजिअ शर्माले शैक्षिक शत्र सकिन लाग्दा समेत विद्यालयमा पाठ्यपुस्तक नपुग्नु दुखत कुरो भएको भन्दै पालिकाले यसको वारेमा विद्यालय र बिक्रेतासंग जानकारी लिएर समस्याको सावाधान गर्न समेत निर्देशन दिए ।
कतिपय विद्यालयमा भौतिक संरचना अनुसार संरचना निर्माण हुन सकेका छैनन् । शिक्षा विभागको आफ्नै प्राविधिक मापदण्ड छ यसको सही ढंगले कार्यन्वयन गर्न समेत अपिल गरे ।
यस्तै तालिम उद्घाटन कार्यक्रममा प्रहरी प्रमरख जयश्वर रिमालले विद्यालयमा विद्यालय सम्पर्क कार्यक्रम संचालन गरेका छौँ । जसले विद्यालय बालवालिका र किशोरी सुरक्षाका विषय रहेका छन । यसमा पालिकाको सहयोग र समन्वय आवश्यक रहेको बताएका थिए ।
यस्तै कार्यक्रमका अध्यक्ष तथा शिक्षा विकास तथा समन्वय इकाइ कालिकोटका प्रमुख प्रकाशचन्द धितालले जिल्लाको कमजोर शैक्षिक गुणस्तरका विषयमा ठुलो कुरा उठेको छ । गुणस्तर कायम गर्न र निति निर्माण गर्न जिल्लाकै बृृृहत गोष्ठीको आयोजना गर्न आवश्यक रहेको बताएका छन ।
प्रमुख धितालले विगतमा जिल्ला शिक्षा कार्यलयवाट प्रवाह भएका गतिविधिहरुमा ठुलो वेरोजु रहेको तथ्यांक छ । यसको असुल उपरमा पालिकाले ध्यान दिनु पर्ने बताए । कालिकोटमा शिक्षाका विषयमा केही राम्रा कामहरु पनी भएका छन । यसको सिको र अझै राम्रो काम गर्नु पर्ने बताए ।
तालिम उद्घाटन कार्यक्रमको संचालन प्रशासनिक सहायक सुनिता रोकायले गरेकी थिइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव खडानन्द अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष विश्वनाथ सिम्खाडा लगायतका सरोकारवालाहरुको आतिथ्यता रहेको थियो ।
Discussion about this post