कर्णाली राजमार्गमा १९ वर्षदेखी मुआव्जा पाएनन्

कर्णाली राजमार्गमा १९ वर्षदेखी मुआव्जा पाएनन्

कालिकोट
सुर्खेत जुम्ला सडक खुलेको १९ वर्ष पुग्दा पनी कर्णाली राजमार्गका स्थानिय नागरिकहरुले अझैसम्म जग्गाको मुआव्जा पाउन सकेका छैनन् ।
राजमार्गको लागी जग्गा दिएको १९ वर्ष बितिसक्दा जग्गाको मुआव्जा नपाएको भन्दै विरोध जनाएका छन ।
खाँडाचक्र नगरपालिका २ हुल्मका १९ घरधुरीका स्थानियले अझैसम्म मुआव्जा नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर दुखेको पोखेका छन ।
राज्यलाई आफ्नो नामको जग्गा दिएर न्याय पाउन उल्टै मुद्धा गर्नुपर्ने अवस्था आएको हुल्म निवासी ४१ वर्षिय नरजंग मल्लले गुनासो गरे ।
सडक आउछ भने जग्गा दिन तयार भयौँ तर, जग्गा दिएपछी अहिले त्यो सडकमा गाडी चल्छन । १९ वर्ष बित्यो हामीलाई सडक विभागले मुआव्जा दिएको छैन जग्गादाता मल्लले भने ”।
आफ्नो नाममा रहेको सवै जग्गा सडकलाई दियौँ अहिले हामि सडक छेउमै व्यपार व्यवसाय गरि जिवन चलाइरहेका छौँ । राजमार्गको जग्गा दिने अन्य क्षेत्रमा नागरिकहरुले मुआव्जा पाइसके तर, अहिले सम्म हामिलाई मुआव्जा दिएको छैन ।
आफ्नो माग राख्दा राख्दा हामि थाकिसक्यौ । जिल्लाका सिडियो र सडक विभागका प्रमुख संग पटक पटक माग गर्दा हाम्रो माग सम्वोधन भएन । जग्गा दिएर न्यायको लागी उल्टै मुद्धा गर्नु पर्ने यो कस्तो कानुनन होला दुखेको पोख्दै मल्ले भने ।
यस विषयमा सडक डिभिजन कार्यालय जुम्लालले राजमार्गको एक ठाउँमा डिपिआर र अर्को ठाउँमा सडक निर्माण भइ संचालन हुनुले अहिले सम्म मुआव्जा वितरणमा समस्या आएको बताएको छ ।
मुआव्जा दोहोरो परेकाले अहिले संडक संचालन भइरहेको जग्दादाताहरुलाई मुआव्जा दिन नसकिने बताएको छ ।
सडक विभागले हुल्मका १९ जना स्थानियको धन्नै चार हजार वर्ग मिटर जग्गाको मुआव्जा दिन वाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित