Online News Khabar

मेलमिलाप कर्तालाई क्षमता अभिवृद्धी

867
SHARES
1k
VIEWS

कालिकोट – स्थानिय तहमा आउने घटनाहरुको न्याय निरुपणका लागी खाँडाचक्र नगरपालिकाका न्यायिक समितिका मेलमिलाव कर्ताहरुलाई क्षमता अभिवृद्धी तालिम दिइएको छ ।
खाँडाचक्र नगरपालिका न्यायिक समितिको आयोजनामा संचालन भएको ३ दिने क्षमता विकास तालिममा नगरका ९ वटै वडाका मेलमिलाव कर्ताहरुको सहभागितामा सोमवार सम्पन्न भएको छ ।

स्थानिय तहमा आउने सामान्य झैझगडा, स्थानिय तहको क्षेत्रधिकार भित्र पर्ने बिवादहरुलाई स्थानिय स्थरमै सहज तरिकाले मिलाउन सहयोग हुने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।
न्यायिक समितिका संयोजक तथा खाँडाचक्र नगरपालिका उपप्रमुख गणेश शाहीको सभाअध्यक्षता , नगरप्रमुख कामलबहादुर शाहीको प्रमुख आतिथ्यता, नेपाल वार एशोसिएशन कालिकोटका अध्यक्ष अम्मलराज शाही सरकारी वकिल लगायतको आथिथ्यतामा तालिम सम्पन्न भएको हो ।

३ दिने तालिमले स्थानिय तहमा आउने घटनाहरुको मेलमिलावमा सहजका साथै न्याय निरुपणमा सहजताका लागी पहिलो पटक तालिन दिइएको नगरप्रमुख कमलबहादुर शाहीले बताए । यस तालिमले अव स्थानिय तहमा मेलमिलाव गर्न सहज हुने भयो ।
यस्तै कार्यक्रममा नेपाल वार एशोसिएशनका अध्यक्ष अम्मलराज शाहीले न्याय दिलाउने क्षेत्रबाटै गैर न्यायिक हुन थालेको बताएका थिए । कालिकोटमा पनी केही मुद्धाहरुमा न्यायिक निकायहरुबाटै गैर न्यायिक हुने गरेको उल्लेख गरे । अध्यक्ष शाहीले अव अधिवक्ताहरुले पनी सरकारलाई कर तिर्नु पर्ने बताए ।

तालिम समापन गर्दे संयोजक गणेशबहादुर शाहीले यो तालिमले अव स्थानिय स्थरका झमेला जिल्ला नआउनेमा विश्वस्त रहेको बताए ।
तालिमको प्रशिक्षण अधिवक्ता अम्मलराज शाही, पदम शाही र दमनराज वमले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित