Online News Khabar

अपराध नियन्त्रणमा विद्यार्थीसंग प्रहरीको साझेदारी

860
SHARES
1k
VIEWS

कालिकोट – कालिकोट प्रहरीले लागुपदार्थ सेवनका बेफाइदा र साइबर अपराधका विषयमा विद्यार्थीलाई पढाउन सुरु गरेको छ ।
समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध विद्यार्थीलाई सचेत गराउन जिल्लाका सामुदायिक विद्यालयमा सचेतना कार्यक्रम संचालन गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका ९ वटै पालिकाका सवै विद्यालय र समुदायमा जनचेतना मुलक कार्यक्रम संचालन गरिएको प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले बताए ।
जिल्लास्थित विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबर अपराधबाट आइपर्ने झन्झट र किशोरी आत्मा सुरक्षाका विषयमा पढाउन थालिएको डीएसपी रिमालले बताए ।

रिमालका अनुसार जुम्लामा लागुऔषधको प्रयोग बढ्दै गएका कारण यसरी विद्यार्थीलाई लक्षित गरी सचेतना गराउन थालिएको हो । समाजमा शान्तिसुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधविरुद्ध जनतालाई चनाखो बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुर्व्यसनी तथा प्रविधिको गलत प्रयोग नियन्त्रण गर्न सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरीको भनाइ छ ।
विद्यालयमा विद्यार्थी संगै जिल्लाका विभिन्न बजारमा अवैध मधिरा नियन्त्रण व्यापक रुपमा नियन्त्रण गरिएको समेत बताए ।

अवैध मधिरा नष्ट

९ वटै स्थानीय तहमा २६ वटा प्रहरी टोलीद्वारा जिल्लाभर एकमुष्ठ घरेलु मदिरा नष्ठ गरिएको छ । जिल्लाभर एकै दिन २ हजार ३ सय ७२ लिटरभन्दा बढी मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रमुख रिमालले बताए ।

जिल्लाको सदमुकाम मान्ममा रहेका होटल व्यवासायी तथा स्थानीयहरुले अवैधरुपमा उत्पादन गरी विक्री वितरण गर्दै आएको मदिरा शनिबार नष्ट गरिएको छ ।
घरेलु मदिराका कारण धेरैजसो क्षति हुने र दुर्घटना बढ्दो रुपमा हुने भएकाले जिल्ला प्रहरी कार्यालय कालिकोटले अवैधरुपमा विक्री वितरण गरिँदै आएको घरेलु मदिरा नष्ट गर्ने कार्य थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले कालिकोटका ९ वटै स्थानीय तहमा यो अभियान थालेको छ ।
शनिबार दिउँसो सरोकारवालाहरुको उपस्थितमा २ सय ५० लिटरभन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ । घरेलु मदिरासँगै मदिरा उत्पादनका लागि चाहिने कच्चा पदार्थ र मदिरा उत्पादन गर्ने भाँडाकुँडा पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित फोटोः्
१) अपराध नियन्त्रण तथा शान्ति सुरक्षाबारे नन्नदादेवी मावि कोटवाडाका विद्यार्थीलाइ प्रशिक्षण दिदै डिएसपी जयश्वर रिमाल ।

२) सामुदायिक विद्यालयका विद्यार्थीलाइ पढाउदै प्रहरी
तश्बिर विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित