कालिकोट- नरहरीनाथ गाउँपालिकाका ५ सय ६३ घरमा घरमै छुटै सिकाई कक्षा संचालन गरिएको छ ।
शिक्षाको पहुँचमा सुधार ल्याउने कुरालाई केन्द्रविन्दुमा राखी वैकल्पिक शिक्षा संयन्त्र स्थापना गर्न र सिकाइ निरन्तरतामा स्थानीय सरकार र संघ संस्थाहरुहरूको सहयोगमा बालबालिकाहरुका लागी घर घरमा सिकाई कुना संचालन ल्याइएको हो ।
शिक्षाको गुणस्थरको अवस्था लगायत अन्य गतिविधिहरुको अनुगमन गर्दा नरहरीनाथमा यस्तो कार्य गरिएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ लगायतको जिल्लाको सरोकारवालाहरुको संयुक्त अनुगमन गर्दा नरहरीनाथ गाउँपालिकामा शिक्षाका सवालमा परिर्वतनशिल काम भएका पाइएका थिए ।
गाउँपालिकाका ९ वटै वडाका घरघरमा बालवालिकाहरुका लागी छुटै सिकाई कक्षा संचालन, बालविवाह विरुद्धका किशोर किशोरी समुह सक्र्ीय रहेको पाइएको हो ।
समाजमा सचेतना र जनचेतना अहिलेको मुख्य विकास भएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए । कतिपय ठाउँमा देखिने मात्र विकास भएका छन् , सडक र अन्य भौतिक संरचनामा विकास हैन । यहाँ अझै जनचेतना र सचेतना सम्बन्धी कामहरु आवश्यक रहेको छ । यहाँको पहिलो प्रथामिकता शिक्षामा रहेको औल्याउदै अझै संघ संस्थाहरुको सहयोग र स्थानिय सरकारको समन्वयमा शिक्षालाई जोडि दिन जरुर रहेको शर्माले भनाई थियो ।
यो चुनौतीपूर्ण समयमा सिकाइको अवसर गुम्दा पुग्नसक्ने हानीलाई कम गर्न, विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्य योजना, २०७७ र विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई समर्थन गर्दै गाउँपालिकामा यस्तो कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए ।
सहयोगी साझेदार संस्थाहरु प्लान नेपालको सहयोगमा अहिले गाउँपालिकाका ९ वटै वटामा सिकाइ कक्ष संचालनमा छन् । यस निरन्तरता अभियानले स्कुल बाहेकको समयमा बालवालिका घरमै पढ्न पाउने भएको अध्यक्ष विष्टले बताए ।
नरहरीनाथका १२ वटा विद्यालयमा ३६ वटा सिकाइ केन्द्र संचालनमा रहेको प्लान नेपालको सहयोग र किर्डाक नेपालद्धारा संचालित पढाइ लेखाइ सिप सुधार परियाेजना कार्यक्रमकी प्रतिनिधि इशरा वुढाले बताइन् । उनका अनुसार प्रत्येक वडामा ४ जना सहजिकरण गर्ने प्रतिनिधी राखेका छौँ । विहान बेलुकी सवै कक्षामा सिकाउने छन । वुढाका अनुसार सिकाइ कक्षाले ४५ प्रतिशत बालवालिकामा सिकाइ उपलब्धी देखाएको छ । यसमा अभिभावकको चासो र रेखदेखले पनी सिकाइ उपलब्धी मुलक भएको छ ।
विद्यालय पढ्नु पर्छ भन्ने पनी चेतना नभएरै हाम्रो समजा पछाडी परेको नरहरीनाथ –३ कि शान्ति वुढाले बताइन ।
अशिक्षा र अज्ञानताले नै अहिले हाम्रो समाज पछाडी परेको हो अशिक्षाले होस् वा अन्य समस्याले हामिले त स्कुल गएर पढ्न पाएनौ अव हाम्रा नानी बावुहरुले पढ्न पाउने भए ।
अहिले संस्थाले घरघरमा सिकाई कक्षा स्थापना गरी हामा्र नानी बावुहरुको शिक्षामा थप सहयोग गरेको छ ।
स्कुल समयमा मात्र पढ्नु पर्छ भन्ने हाम्रो र बालवालिकाको दिमाघबाट हटेको छ । बिना काममा खेल्लने डुल्दैनन् ।
घरमै सिकाई कक्षा संचालन हुदा नियमित पढाई लेखाइमा बिजी हुने गरेको शान्तीले बताइन ।
प्लान नेपालको सहयोग साझेदार संस्था किर्डाक नेपाल, हरेन्डेक नेपाल र सादा नेपाललले आफ्नो क्षेत्रबाट कालिकोटका नरहरीनाथ ,शान्नि त्रिवेणी र रास्कोटमा शिक्षाका क्षेत्र विद्यालयका भौतिक संरचना निर्माण देखी बालविवाह विरुद्ध् काम गर्र्दै आइरहेका छन ।
अनुगमनममा प्लान नेपालका क्षत्रिय प्रबन्धक मिना पराजुली अन्य जिल्लाका सरोकारवालाको सहभागिता थियो ।
Discussion about this post