कालिकोटमा रेडियो साझा आवाज संचालनमा

कालिकोटमा रेडियो साझा आवाज संचालनमा

कालिकोट – कालिकोटको मान्ममा सामुदायिक रेडियो साझा आवाज संचालनमा आएकाे छ ।
पचालझरना राष्ट्रिय विकास समाजद्वारा संचालित सामुदायिक रेडियो साझा आवाज ९०.९ मेगाहर्ज शुक्रबार मान्ममा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले आैपचारिक रूपमा उद्घाटन गरिएको छ ।

कालिकोटकाे मान्ममा ५ वटा सामुदायिक रेडियो संगै स्थानीय सरकारले संचालन गरेका ५ सहित जम्मा अब कालिकोटमा ११ वटा रेडियो भएका छन् ।
प्रमुख अतिथि लगायतका सहभागीले जस्ताे नाम साझा छ उस्तै साझा रूपमा सुचना तथा सन्देश प्रवाह गर्न आग्रह गरेका थिए ।
रेडियोका संचालक बिनाेद खड्का,युवराज थापा र वसन्त शाही रहेका छन् ।

उद्घाटनकार्यक्रम पचालझरना राष्ट्रिय विकास समितिका संचालक निलाे तिरूवाकाे अध्यक्षता, जिल्ला समन्वय समितिमा प्रमुख धनजित शाहीकाे प्रमुख आतिथ्यता, खाँडाचक्र नगरपालिका उपप्रमुख गणेश शाही, प्रमुख जिल्ला अधिकारी रामहरी शर्माकाे विशेष आतिथ्यता वडा नम्बर १ र ४ का वडाध्यक्ष धर्मराज ताम्राकार प्रभानन्द अाचार्य लगायतका सराेकारवालाहरूकाे कार्यक्रममा सहभागीता रहेकाे थियाे ।
कार्यक्रमकाे संचालन रेडियोका स्टेशन म्यानेजर किरण अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित