Online News Khabar

युनिकोड

निर्वाचन पर्यवेक्षकलाई अभिमुखिकरण

879
SHARES
1k
VIEWS

कालिकोट मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका लागी खटिएका निर्वाचन पर्यवेक्षकलाई एक दिने अभिमुखिकरण दिइएको छ ।
सदरमुकाम मान्ममा सोमवार एक कार्यक्रमका अभिमुखिकरण कार्यक्रमको उद्घाटन गरिएको हो ।
निर्वाचन पर्यवेक्षक समिति कालिकोटका संयोजक तुलाराम पाण्डेको सभा अध्यक्षता, र प्रमुख जिल्ला निर्वावन अधिकृत भरत लम्सालको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गरिएको हो ।

निर्वाचनलाई सव्य,भव्य, धाधली रहित र निस्पक्ष रुपमा सम्पन्न गर्न पालिका पालिकामा निर्वाचन पर्यवेक्षक खटाइएको प्रमुख निर्वाचन अधिकृत लम्सालले बताए ।
पर्यवेक्षकको भुमिका निस्पक्ष, र निर्वाचनमा धाधली र अवरोध शृर्जना भएमा खवरादी र जानकारीको लागी आयोगले महत्वपुर्ण जिम्मेवारी रहेको स्मरण गराएका थिए ।

पर्यवेक्षकले आफ्नो भुमिकामा रहेर काम गर्न निर्देश गरेका थिए ।
यस्तै संयोजक तुलाराम पाण्डेले निर्वाचनमा पर्यवेक्षकले कुनैपनी पार्टीको पक्षमा काम नगर्न आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित