कालिकोटमा सकेट बम विस्पोट २ जनाको मृत्यु ३ घाइते

कालिकोटमा सकेट बम विस्पोट २ जनाको मृत्यु ३ घाइते

 

कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १० रानाबाडामा सकेट बम बिस्पोट भएको छ ।
कोदोबारीको छेउमा राखिएको बम बिस्पोट हुदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
बम बिस्पोट भइ मृत्यु हुनेमा तिलागुफा १० निवासी ४ बर्षिय झरना थापा, ४ वर्षिय सरस्वती राना रहेका छन् ।
घाइते हुनेमा ७ वर्षिय कमल थापा, ५ बर्षिय मुस्कान थापा, र ३ वर्षिय दर्शना थापा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ,।
घाइतेको नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुख जयश्वर रिमालले बताएका छन् ।
सकेट बम पुरानो हो वा नयाँ अनुशन्धान भइरहेको डिएसपी रिमालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित