कालिकोट- दुर्गम जिल्ला कालिकोटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन् ।
चुनाव नजिकिँदै गर्दा एमाले र स्वतन्त्र उम्मेदवारहरु लगायतका अन्य साना दलका उम्मेदवारहरू प्रचारप्रचारमा जुटेका हुन् ।
विषेश गरी नेकपा एमालेका उम्मेदवारहरु भोट माग्दै गाउँ पसेका हुन् ।
२ वटा प्रदेश सभा सदस्य र एक प्रतिनिधि सभा सदस्यको लागी पाँच दलिय गठबन्दन संग लड्न एमालेले उम्मेदवार छनौट गरी प्रचारप्रसारका लागी आइतबार देखी जिल्लाका विभिन्न क्षेत्रमा लागेका छन् ।
प्रतिनिधी सभा सदस्यका उम्मेदवार नगेन्द्र शाही, प्रदेश सभा क का उम्मेदवार कुर्मराज शाही र ख का उम्मेदवार सहित समानुपातिक उम्मेदवार गाउँ पसेका हुन ्।
नेपाली कांगे्रस र नेकपा माओवादी केन्द्रको गठबन्दन बनेको कालिकोटमा एमाले एक्लै चुनावमा भिड्न लागेको छ ।
कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही संग एमालेका केन्द्रिय सदस्य नगेन्द्र शाही निकै उत्साहका साथ चुनावमा भिड्ने लागेका छन् ।
यस्तै गठबन्दनकै नेपाली कांग्रेसका पुराना नेता हिक्मतबहादुर विष्टसंग एमालेका बिरेन्द्र वोगटी,स्वतन्त्र उम्मेदवार लक्ष्मणबहादुर बम र गठबन्दनको विरुद्धमा लडेको नेकपा एकिकृत समाजवादीका विश्वराज बम भिड्ने भएका छन ।्
यस्तै प्रदेश सभा (क) मा गठबन्दनकै दुर्गबहादुर रावत र पुर्व मन्त्री कुर्मराज शाही बिच भिडन्त हुने भएको छ । रावत यसअघी प्रतिनिधी सभा सदस्य जितेका थिए ।
अहिले उनलाई गठबन्दनले प्रदेश सभामा लगाएको छ ।
यस्तै प्रदेश ‘क’ एमालेको प्रभाव क्षेत्रका रुपमा रहेकाले पनि उक्त क्षेत्रबाट एमाले जित सुनिश्चित रहेको एमालेको दाबी छ ।
उक्त क्षेत्रको खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिका एमालेकै जनमत धेरै रहेकाले यस क्षेत्रबाट जित सुनिश्चित रहेको एमालेबाट उम्मेदवार बनेका कुर्मराज शाहीकोे दाबी छ ।
प्रचारका क्रममा जनताको घरदैलोमा पुग्दा जनताले एमालेबाहेक अरु कसैलाई नचिन्ने भएकाले यसपटक एमालेका तीनैजना उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाइ छ ।
सो क्षेत्रमा कांग्रेस बलियाे भएतापनी अहिले माओवादीको भागमा उम्मेदवार रहेको छ ।
त्यस्तै, गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही जिल्लामा पुगेका छन ।
एमालेले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेर भोट माग्न गाउँ पसिरहदा गठबन्दका उम्मेदवार भने, जिल्लामा समेत पुग्न सकेका छैनन्
।
यस्तै आफुले टिकट नपाएको भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय लेखा आयोगका सदस्य तथा रास्कोट नगरपालिकाका नि वर्तमान नगर प्रमुख कासीचन्द्र वरालले प्रतिनिधी सभामा स्वतन्त्र उम्मेदवार दिएर प्रचार प्रसारमा खटिएका छन् ।
कोइरला समुहका नेता असन्तुष्ट
कोइरला समुहका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाही भने जिल्लामा पुग्न सकेका छैनन् ।
टिकट वितरणमा आफ्नो समुहलाई गठबन्दनले पेलेको भन्दै अहिले चर्को विरोध संगै असन्तुष्ट रहेका छन ।
कालिकोट संस्थापन पक्षको भन्दा कोइरला समुहको बाहुल्यता रहेको जिल्ला हो ।
युवा नेता शाहीले टिकट नपाएपछी कोरइरला समुहका नेता गठबन्दनको विरुद्ध लागेका छन् ।
Discussion about this post