Online News Khabar

हैकमवादी तानाशाह विरुद्ध मेरो उम्मेदवारी ः काशी वराल

956
SHARES
1.1k
VIEWS

कालिकोट-   प्रतिनिधी सभा सदस्यको लागी वागी उम्मेदवारी दिएका काशीचन्द्र वरालले माओवादी पार्टीले हैकमवादी, तानाशाह र स्वच्छाचारी प्रवृती विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन ।
सदरमुकाम मान्ममा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मेरो उम्मेदवारी किन? सवैलाई जानकारी गराउदै उनले यस्तो बताएका हुन ।
आफ्नो पार्टीमा १५ वर्ष देखीको लगानी पार्टी नेतृत्वले नवुझेर हैकमवाद, तानाशाह, व्यक्तीवादी र पेलुवा विरुद्ध आफुले स्वतन्त्र उम्मेदवारी दिएको पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन ।
पार्टीमा एकैजना राजा भएर जन्मिने हरुलाई अवसर नदिने हैकमवाद विरुद्ध म मात्र हैन म लगायत संयौँ नेताको सहयोगले आफुले प्रतिनिधि सभा सदस्यको लागी उम्मेदवारी दिएको हुुँ वरालले भने,
२८ वुधे आफ्नो प्रतिवद्धता पत्र सुनाउदै आफुले कु शासकका विरुद्ध भुईमान्छेको जिवन स्थर माथि उकास्न आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले २ हजार जना बेरोजगारलाई रोजगारी दिने, सवै खाले विभेदको अन्त्य गर्ने,पुर्व जनमुक्ती सेनाका घाइतेहरुको व्यवस्थापन गर्ने, दलाल कमिशन खोरको विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन ।
वरालले आफ्नो जित्ने मुख्य कारण थुपै्र रहेको बताएका छन । आफुले जिल्लामा सानो सहकारीलाई जिल्ला व्यपी बनाएर हजारौलाई सहकारीमा आवद्धता र संयौलाई रोजगारीका साथै तानाशाह विरुद्ध सवै श्रमजिवीको साथ रहेकाले आफ्नो जित निश्चत रहेको बताए ।
वरालले २२ गते जिल्ला निर्वाचन कार्यालयमा आफ्नो स्वतन्त्र चुनाव चिन्ह पुतली पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित