Online News Khabar

युनिकोड

सान्नीत्रिवेणीमा न्यायिक इजलास कक्ष

903
SHARES
1.1k
VIEWS

कालिकोट—
सान्नीत्रिवेणी गाउँपालीकाले न्यायिक इजालस कक्ष निर्माण गरेको छ । न्यायिक समितिको कार्य सम्पादन सहजताका लागि इजलास कक्ष स्थापना गरेको हो ।
बिहिवार एक कार्यक्रमका बिच इजलास कक्षको उद्घाटन गरिएको छ ।
जिल्ला सरकारी वकिल श्रीराम खनाल, गाउँपालिका अध्यक्ष महोन केसी, उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक पार्वती सिंह, लगायतको सहभागितामा इजलास कक्षको उद्घाटन गरिएको छ ।

न्यायिक समितिमा अलग्गै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधान अनुरुप प्रभावकारी रुपमा न्याय निरुपणका लागि छुट्टै इजलास कक्ष स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।
नवनिर्मित इजलास कक्षको तीनवटै तहको सरकारमा न्यायिक ऐन रहेको र सोही परिधिमा रहेर जिल्लामै पहिलो पटक न्यायिक इजलाश कक्ष स्थापना गरेको संयोजक सिंहले बताइन् ।

संयोजक सिंहले संरचना नहुँदा अघिल्लो सरकारले कार्यकक्षमै बसेर न्यायिक समितिको कार्यसम्पादन गर्दै आएको तर अहिले इजलास कक्ष स्थापना हुँदा कार्य सम्पादनमा सहज हुने विश्वास व्यक्त गरिन ।
सरकारी वकिल खनालले न्यायिक समितिको कार्यसम्पादन निष्पक्ष हुनुपर्ने भएकाले इजलासमा रहेकाले पनि निष्पक्ष भएर काम गर्न आग्रह गरे ।


गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई थप व्यस्थित गर्ने र सेवाग्राहीमैत्री सेवा प्रदानका लागि इजलाश कक्ष आवश्यक रहेको गाउँपालिका अध्यक्ष केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित