कालिकोट– शिलान्यास गरेको १२ वर्षपछी पुल बनेपनी सडक अधुरै रहेको छ ।।
कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल १२ वर्षपछी सञ्चालनमा आएपनी पुल जोड्ने सडक अधुरै रहेको छ ।
दुईपटक शिलान्यास भएको पुल निर्माण ढिलाइका कारण लामो समयपछि सञ्चालनमा आएको छ तर, फुलको छेउछाउको सडक नबन्दा जोखिममै सवारी साधानहरु संचालन भइरहेका छन ।
कर्णाली राजमार्ग देखी पुल जोड्ने सडक डोजर जानको लागी मात्र बनाइएको सडकमा पुर्ण रुपमा सडक नबन्दै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन ।
सडक डिभिजन कार्यालय जुम्लाले ठेक्का आह्वान नगर्दा अहिले जोखिमपुर्ण यात्र गर्नु गरेको छ ।
अहिले साना ब्वलेरो र साना मिनी मालवाहाक ट्रकहरु चलेपनी ठुला बस र ट्रकहरु चल्लन सकेका छैनन्।
सानै गाडीहरु पनी जोखिम मोलेर संचालन भइरहेका छन् ।
वि.सं. २०६६ सालमा हाल कांग्रेसका वरिष्ठ नेता तथा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र ०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले कर्णाली करिडोरमा रहेको पक्की पुलको शिलान्यास गरेका थिए ।
ठेक्का भएको तीन वर्षमा नै काम सम्पन्न गर्ने गरी २०६६ सालमा कन्काइ जेभीले ठेक्का पाएको थियो ।
ठेक्का पाएको कम्पनीले २०६९ सम्म पनि काम गर्न नसकेपछि सडक डिभिजन कार्यालय जुम्लाले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो । सुरुको पुल निर्माणका लागि १३ करोड लागत निर्माण हुने भनिएको उक्त पुल निर्माण कार्यमा ढिलाइ हुँदा १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो । कर्णाली करिडोरमा पुल नहुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको थियो ।
कर्णाली करिडोरमा पुल सञ्चालनमा आएपछि अबका दिनमा हुम्ला, मुगु, बाजुरा र कालिकोट जिल्लामा यातायातका साधन सहजै सञ्चालनमा आउने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए । ‘कर्णाली करिडोरमा अब कर्णाली राजमार्गबाट यातायातका साधन सहजै सञ्चालनमा आउने भएका छन् ।’ उनले भने,‘यहाँका नागरिकको दैनिकीमा सहज हुने भएको छ ।’
यसको लागी सडक डिभिजन कार्यालय जुम्लालले सडकको ठेक्का गर्ने बारे सर्वे गरेर गएको छ । अव ठेक्का सुरु होला प्रजिअ शर्माले बताए ।
Discussion about this post