Online News Khabar

युनिकोड

जन्मदिनमा बिपन्नकाे निशुल्क स्वास्थ्य बिमा

922
SHARES
1.1k
VIEWS

 

कालिकोट – नेपाल निजामती कर्मचारी संगठनका जिल्ला सहसचिव कम्मर बहादुर बमले आफ्नाे जन्मदिनकाे अवसरमा बिपन्न तथा आर्थिक अवस्था कमजाेर खाँडाचक्र नगरपालिका -३निवासी धनसिंह पाण्डे र कुश्मा पाण्डेकाे निशुल्क स्वास्थ्य बिमा गरिदिएका छन ।

जन्मदिनमा फर्जुल हुने खर्चलाई बिपन्न पाण्डे परिवारकाे स्वास्थ्य बिमामा लगानि गरेका हन ।

खाँडाचक्र नगरपालिका का सव इन्जिनियर समेत रहेका बमले मंगलबार पाण्डेलाई नयाँ लुगा सहित बिमा गरेर समाजलाई सकरात्मक सन्देश संगै उदाहरणीय कामकाे सुरूवात गरेका हुन ।

बमले भने, हामी जन्मदिन हाेस वा अन्य खुशिवालिका कार्यक्रमहरूमा फर्जुल खर्च गर्ने चलन बढेकाे छ ।

यस्ता खाले खर्चलाई सानाे भएपनि समानता मुखि समाज निर्माण गर्न यस्ताे कामकाे सुरूवात गरेकाे बताए ।
अब बिमित धनसिंह पाण्डे र कुश्मा पाण्डेलाई ब्यथा बिमार लागेमा निशुल्क उपचार पाउने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित