अस्पतालबाट अन्याय भयाे तरूण नेता शाह
कालिकोट – नेपाल तरूणदल कालिकोटका सचिव दमनराज शाहीले जिल्ला अस्पताल कालिकोटबाट अाफु अन्यायमा परेकाे गुनासाे गरेका छन ।
मंगलबार नेपाली कांग्रेसकाे पार्टी कार्यालयमा पत्रकार सम्मेलन काे अायाेजना गरि अाफु अस्पताल बाटै पिडित भएकाे बताएका हुन ।
अस्पतालकाे भलाइका लागी अाफुले दस वर्षदेखि गरेकाे सामाजिक सेवाकाे अपमान र अन्याय गरेकाे बताएका छन ।
अस्पताल भित्र प्रवेश गर्न खाेज्दा अस्पतालले अाफुलाई जवर्जस्ति हिरासतमा बसालेर अाफुलाई अन्याय गरेकाे बताएका छन ।
शाहीले भने, मैले जिल्ला अस्पतालमा वर्षाैदेखि कहिले रगत अभाव हुन्छ, कहिले स्वास्थ्य साम्रागि अभाव हुन्छ यस्ता समस्या लाई सावधान गर्दै अाएकाे एक सामाजिक सिपाईलाई अन्याय भयाे ।
मलाई अन्याय मात्र हैन जिल्ला अस्पतालले बिभिन्न बिषयमा अनियिमतता र बिरामीकाे लापरबाही गरेकाे समेत अाराेप लगाएका थिए ।
उनले जिल्लाकाे बिकास निर्माण का सावलमा हाम्रो अभियान जारि रहेकाे बेला अाफुलाई उहीँ क्षेत्रबाट अन्यायमा परेकाे गुनासाे गरे ।
उता अस्पताल प्रशासनले राति ११ बजे मधिरा सेवन गरेर अस्पताल भित्र प्रवेश गर्न खाेज्दा सुरक्षा गार्डमाथि अाक्रमण गरेकाे आराेप लगाएकाे छ ।
पत्रकार सम्मेलनमा तरूणदलका नेता धर्मराज शाही ,प्रदेश क कार्यसमिति सहसचिव धर्मसिंह, मविन्द बम, तरूणा नेता र पत्रकार महासंघका अध्यक्ष भरतराज बिष्ट, प्रेस युनियनमा केन्द्रीय सदस्य बिस्नुप्रसाद न्याैपाने लगायतकाे उपस्थिति रहेकाे थियाे ।
Discussion about this post