कालिकोट – नेपाली कांग्रेस देउवा पक्षले बजागाजा सहित कालिकोटको जिल्ला अधिबेशन उद्घाटन गरेको छ ।
जिल्ला संयोजक मात्रिका सिंहको सभा अध्यक्षतामा सुरु गरेको अधिबेशनको नेपाली कांग्रेसका नेता भुपेन्दजंग शाहीले उद्घाटन गरी अधिवेशन सुरु गरिएको छ ।
उद्घाटनमा नेपाली कांग्रेसका युवा नेता दमनबहादुर शाही, जिल्ला सचिव नगेन्द विष्ट, सहसचिव भरत मल्ल, कोषध्यक्ष केशरसिंह वम महिला नेतृ एशोदा शाही, दिलु बम लगायतको आतिथ्यतामा भव्य रुपमा बाजागाजा सहित उद्घाटन गरिएको छ ।
अधिबेशनमा जिल्लाका ८२ वटै वटाबाट प्रतिनिधीहरुको उत्साहजनक सहभागिता रहेको थियो । जिल्ला अधिबेशनले जिल्लाको नयाँ नेतृत्व चुन्ने छ ।





