कालिकोट – एनआईसी एशिया बैंकद्वारा कालिकोटको श्री नन्दादेवी माध्यमिक विद्यालय, सेरापाटामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा आयोजित कार्यक्रममा एनआईसी एशिया बैंक कालिकोट शाखाका शाखा प्रमुख श्री प्रकाश शाही स्वयं उपस्थित भई ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो।
विद्यार्थीहरूको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको उक्त सहयोगले विद्यालय परिवार तथा विद्यार्थीहरूमा सकारात्मक उत्साह थपेको छ। कार्यक्रममा शाखा प्रमुख शाहीले शिक्षा क्षेत्रमा सानो सहयोगले पनि विद्यार्थीहरूको सिकाइमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थी तथा विद्यालय परिवारले एनआईसी एशिया बैंकप्रति आभार व्यक्त गरेका छन्।
विद्यार्थीको शिक्षा र भविष्य निर्माणमा सहयोग पुर्याउने यस महत्वपूर्ण कार्यका लागि शाखा प्रमुख श्री प्रकाश शाहीज्यू तथा एनआईसी एशिया बैंक परिवारलाई हार्दिक धन्यवाद तथा आभार।





