१४ असोज, कालिकोट ।कालिकोटका ९ वटै पालिका र ८२ वटा वडामा अधिवेशन गर्न अधिवेशन गर्न कांग्रेस देउवा समुह जुटेको छ । नेपाली कांग्रेस देउवा समुहको कालिकोटको वडा अधिवेशन भोली अर्थात असोज १५ गतेदेखी देशै भरी सुरु हुने भएको छ ।
कालिकोटमा पनी वडाअधिवेशन तयारीका लागी नेताहरु जिल्ला र गाउँमा पुगिसकेको पार्टी सा्रेतले जनाएको छ ।
कांग्रेश देउवा पक्षमा प्रभावशाली नेता भुपेन्द्रजंग शाही, दमनबहादुर शाही, एशोदा शाही,धुर्वबिक्रम शाही, दिलु बम, सविन कुमार बिष्ट, दिनेश संज्याल,पटक शाही लगायतका नेताहरु लागेका छन । केन्द्रिय सर्कुलर अनुसार कालिकोटमा पनी १८ वर्षदेखी २८ वर्ष उमेर समुहका युवालाई पार्टी नेतृत्वमा लग्ने जनाएको छ । कालिकोटमा नेताहरु गगन पक्षसंग लागेपनी कार्यकर्ताहरु भने देउवा संगै रहेको एक नेताले दावी गरेका छन ।
उनका अनुसार पाटी संगठन बिधि र बिधानमा चलाउन हामिलाई चाहिएको नेता मात्र हैन जनता हो गाउँको कार्यकर्ता हो । हामि संग पदमात्र मागिरहने नेता हैन अव कार्यकता छन । अव ति कार्यकर्ताले अवसर पाउने छन उनले भने।
यसै गरी गत ८९ को निर्वाचनमा चुनाव लडेका ५ वटा पालिकाका उम्मेदवार हरु पनी देउवा पक्षमा रहेका छन ।
पलाता गाउँपालिकाका केशरसिंह बम, खाँडाचक्र नगरपालिकाका तारा शाह, रास्कोट नगरपालिकाका नमराव वराल नरहरीनाथ गाउँपालिकाका निर्वाचित अध्यक्ष नगेन्द विष्ट,र पचालझरना गाउँपालिका अध्यक्षका उम्मेदवार टेकबहादुर बोगटी लगायतका निर्वाचित वडाध्यक्ष दिनेश संज्याल समेत रहेका छन ।





