आइतबार सुर्खेत बाट कालिकोट जाँदै गरेको जीप दैलेलको भैरबी गाउपालिका ७ कालिगौडामा दुर्घटनामा परेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जिप भैरवी गाउँपालिका वडा नं. ७ कालिगौडा स्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार आज दिउँसो अन्दाजी १२ः५५ बजेको समयमा गुडिरहेको उक्त बोलेरोको अचानक ब्रेक फेल हुँदा सडकबाट करिब ३०० देखि ४०० मिटर तल खसेको थियो ।
घटनास्थलमा उपस्थीत प्रहरी बिनोद शाहीका अनुसार मृतक र घाईते सबै शुभकालिका गाउपालिका का हुन ।
घटना स्थलमै मृत्यु हुने र घाइते हुनेहरुको सनाखत भइसकेको छ । मृत्यु हुनेमा शुकालिका गाउपालिका वडा नं ५ निवासी चालक अन्दाजि बर्ष ३२ का कल रोकाया , शुकालिका गाउपालिका वडा नं ४ निवासी अन्दाजि बर्ष ३८ का नेत्र सुनार र शुकालिका गाउपालिका वडा नं ६ निवासी अन्दाजी बर्ष ६५ कि पुल्तीशरा कामी रहेको शाहीले बताए ।
साथै घाइते ह्नेमा शुकालिका गाउपालिका वडा नं ६ निवासी अन्दाजी बर्ष २७ का सुमत कामी र अन्दाजी बर्ष १८ का भरत बिक रहेका छन साथै वडा नं ४ का अन्दाजी बर्ष २८ का कमल सुनार,बर्ष ३५ का चक्र सुनार,बर्ष ३५ का नन्दु सुनार रहेको घटनास्थलबाट प्रहरी शाही ले जानकारी दिए ।


















Discussion about this post