कालिकोट — किशोरीहरूले आफूहरूका लागि बृहत्तर यौनिकता शिक्षा अत्यन्त आवश्यक रहेको बताएका छन् । विद्यालय तथा समुदायमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी किशोरीहरूले किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा भावनात्मक परिवर्तनबारे सही जानकारी नहुँदा विभिन्न समस्या भोग्नुपरेको अनुभव सुनाएका थिए ।
पलान इन्टरनेशनल नेपालको सहयोग र हुरेन्डेक नेपालद्धारा संचालित रास्काेट महिनावारी स्वस्थ्य र खानेपानी तथा सरसफाइ स्वास्थ्य स्वच्छता सुधार परियोजना (RMWIP) सुधार परियोजनाले रास्कोट नगरपालिकाका विद्यालयमा यौनिक शिक्षा सम्बन्धी विभिन्न क्रियाकलापहरु गर्र्दैजादा सहभागि किशोर तथा किशोरीले यस्तो प्रतिकिृया जनाएका थिए ।
उनीहरूले महिनावारी, प्रजनन स्वास्थ्य, लैङ्गिक समानता, सुरक्षित व्यवहार तथा बालविवाहजस्ता विषयमा खुला रूपमा जानकारी पाउन नसक्दा धेरै किशोरी अन्योलमा पर्ने गरेको बताएका छन् ।
कार्यक्रममा बोल्दै एक किशोरीले भनिन्, “यौनिकता शिक्षा पाएपछि आफ्नो शरीर, अधिकार र सुरक्षित व्यवहारबारे बुझ्न सजिलो भएको छ ।”
सहभागीहरूले विद्यालय तहबाटै वैज्ञानिक र व्यवहारिक यौनिकता शिक्षा आवश्यक रहेको जोड दिएका छन् । उनीहरूका अनुसार सही जानकारीले किशोर–किशोरीलाई गलत सूचना, हिंसा तथा जोखिमपूर्ण व्यवहारबाट जोगाउन मद्दत पुग्नेछ ।
कार्यक्रमका सहजीकर्ताले बृहत्तर यौनिकता शिक्षा केवल यौन सम्बन्धी जानकारी मात्र नभई आत्मसम्मान, निर्णय क्षमता, सम्बन्ध व्यवस्थापन र जिम्मेवार व्यवहार सिकाउने माध्यम भएको बताए । अहिले यौनिक शिक्षा संगै वस्तुहरु पनी उत्पादन भइहरेको हुरेन्डेक नेपालका उपाध्यक्ष खडानन्द अधिकारीले बताए ।
विद्यालयमा देखिने किशोरावस्थासम्बन्धी समस्या, बालविवाह, लैङ्गिक हिंसा तथा गलत सूचनाको न्यूनीकरणमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन् । कार्यक्रम आयोजक संस्थाले विद्यार्थीलाई सुरक्षित, सचेत र जिम्मेवार बनाउन बृहत्तर यौनिकता शिक्षा आवश्यक रहेको अधिकारीको भनाई थियो ।
शिक्षकलाई बृहत्तर यौनिकता शिक्षा तालिम

शिक्षकहरूलाई विद्यालय तहमा विद्यार्थीमैत्री तथा वैज्ञानिक ढंगले यौनिकता सम्बन्धी शिक्षा प्रदान गर्ने उद्देश्यले बृहत्तर यौनिकता शिक्षा सम्बन्धी शिक्षकहरुलाई ५ दिने तालिम समेत सञ्चालन गरिएको छ ।
तालिममा सहभागी शिक्षकहरूलाई किशोरावस्था, प्रजनन स्वास्थ्य, लैङ्गिक समानता, सुरक्षित व्यवहार, बालअधिकार, मानसिक स्वास्थ्य तथा यौनिकता शिक्षासम्बन्धी विभिन्न विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षकहरूले विद्यालयमा अध्ययनरत किशोर–किशोरीलाई सही सूचना तथा परामर्श दिन शिक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनीहरूले यौनिकता शिक्षा केवल शारीरिक विषय नभई सामाजिक, भावनात्मक तथा नैतिक पक्षसँग समेत जोडिएको विषय भएको उल्लेख गरे । तालिममा शिक्षक, नगरपालिका का प्रमुख , उपप्रमुख र अन्य जनप्रतिनिधिको सहभागितामा तालिम संचालन गरिएको हो ।
हरेन्डेक नेपानलले कालिकोटमा भौतिक संरचना देखी सामाजिक जागरण सचेतना जस्ता महत्पुण कामहरु गर्दै आइरहेको छ ।
सम्बन्धित फोटो ः
१) यौनिकता सम्बन्धी शिक्षा सम्बन्धी तालिममा सहभागी किशोर तथा किशोरी हरु ।




















Discussion about this post