Online News Khabar

खाँडाचक्रका नगरप्रमुख शाहीद्वारा २ सय ७० जना बिद्यार्थीलाई पाेषाक वितरण

860
SHARES
1k
VIEWS

कालीकाेट- खाँडाचक्र नगरपालिकाले २
सय ७० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको छ। भवानी आधारभूत विद्यालय मेग्रका २ सय ७० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हाे।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने उद्देश्यले नगरपालिकाले   विद्यालयमा पोसाक प्रदान गरेको खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाहीले बताए। 

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शिक्षासँग नगरपालिका विषेश विद्यार्थी पोशाक वितरण गरिएको हाे।

विद्यार्थीको पठनपाठनमा सहजतासँगै विद्यार्थीबीच पोसाकले एकरूपता ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश राज जोशीले बताए ।
पोसाकका कारणले विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि उक्त पोसाकले मद्दत पुग्ने उनको भनाइ छ।
 

विद्यार्थीलाई पोसाकको कारण अब असहज नहुने महादेव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिपाल विकको बताए ।नगरपालिकाले विद्यालयमा विद्यालय भवन लगायतका अन्य कामसमेत भइरहेको उनकाे भनाइ छ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शिक्षासँग नगरपालिका विषेश विद्यार्थी पोशाक वितरण कार्यक्रम नगरपालिकाका अन्य विद्यालयमा समेत रहेको शिक्षा शाखा प्रमुख जसीप्रसाद चाैलागाईँ बताए ।
नगरपालिकाले शैक्षिक सुधारका लागि विभिन्न गतिविधि सञ्चालन गर्दे आएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित