Online News Khabar

मेगा वैँकद्धारा बिद्यालयलाई कम्प्युटर सहयोग

864
SHARES
1k
VIEWS

कालिकोट — कालीकोटको एक विद्यालयलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कम्प्युटरसहित शैक्षिक सामग्री सहयोग गरेको छ ।
यहाँको नरहरिनाथ गाउँपालिका–८ स्थित मंगलासैनी मावि खिरचौलाई सामाजिक उत्तरदायित्व कोषबाट १ लाख ९५ हजार मूल्यका ४ थान कम्प्युटर र शैक्षिक सामग्री सहयोग गरेको हो ।

८ वर्षदेखि कालिकोटमा शाखा खोलेर सेवा दिँदै आएको बैंकले विकट बस्तीको विद्यालयलाई कम्प्युटर शुक्रबार हस्तान्तरण गरेको हो। बैँकका प्रवन्धक रोहोन कुमार बिष्टले शुक्रवार लालु गाउँमै पुगी कम्युटर विद्यालयलाई हस्तान्तरण गरेका हुन । उनले भने हामिले जे जसरी पढेपनी अवको युग कम्युटर युग भएकाले प्रविधिको उचित पर्योग गरिनु पर्ने भन्दै विद्यालयलाई कम्युटर सहयोग गरेको बताए ।
२०४२ मा स्थापना भएको मंगलासैनी विद्यालय २०६८ देखि मावि बनेको हो । ३ सय ८५ विद्यार्थी पढ्ने विद्यालयमा बैंकले कम्प्युटर दिएपछि खुसी लागेको प्रधानाध्यापक पंखबहादुर बिष्टले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित