कर्णाली सुन्दर सपनाको प्रदेश : प्रधानमन्त्री ओली

कर्णाली सुन्दर सपनाको प्रदेश : प्रधानमन्त्री ओली

सुर्खेत — कर्णाली आफ्नो हिसाबले विकासको अन्त्यन्तै सुन्दर सपनाको प्रदेश भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक स्रोत साधनका हिसाबले कर्णाली सबैभन्दा समृद्ध प्रदेश भएको बताए ।

‘जहाँ ऊर्जाका स्रोत छन्, कृषि, पशुपालन, जडिबुटी सबैको सम्भावना छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय ठाउँमा पानी खेर गइरहेको छ, जसले बनाउँछु भनेर लिन्छ उसले बनाइरहेको छैन, ती आयोजना अब जसरी पनि पूरा हुन्छन् ।’ ठूलो इतिहास बोकेको प्रदेश पनि भएकाले यसलाई ‘मोर्डनाइज’ गर्दै अघि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

जनतालाई कसरी सेवा सुविधा दिन कसरी सकिन्छ भन्नेबारे सबै तहका सरकारले सोच्नुपर्ने उनले बताए । ‘अब विकासका लागि पनि एक अर्काको अस्थित्वलाई स्वीकार गर्दै लोकतान्त्रिक मूल्यमान्यताअनुसार अघि बढ्नुपर्छ,’ उनले भने, ‘सबैले आफ्ना ठाउॅबाट गर्नुपर्ने कर्तव्य स्वच्छता, निष्पक्षता र पवित्रताका साथ गर्नुपर्ने बेला आएको छ ।’

Karnali is a state of beautiful dreams: Prime Minister Oliउनले भ्रष्टाचार नियन्त्रण गरेर पूर्वाधार निर्माणलाई प्राथमिकता दिनु सबै तहका सरकारको दायित्व भएको जनाए । ‘कनेक्टीभिटी, बाटो, हवाई यातायात, पुल, विद्युत्लगायत पूर्वाधारमा संघीय सरकारले सक्दो प्रयास गरिरहेको छ,’ उनले भने, ‘ठूला आयोजनाले अहिले तीव्रता पाइरहेका छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित