पलाता जिप दुर्घटना ६ वर्षिय बालक सहित ६ जनाको मृत्यु

पलाता जिप दुर्घटना ६ वर्षिय बालक सहित ६ जनाको मृत्यु

 

कालिकोट  –  कालिकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एक ६ वर्षिय बालक सहित ६ जना रहेका छन ।
मृत्यु हुनेमा पिलाँता गाउँपालिका वडा र्न ५ का ५१ वर्षिया पदम बहादुर बमस ६ का पुन्नकला शाही, ५ कि छाया शाही, सोही गाउँपालिका वडा र्न ६ निवासी भद्र रोकाया, ६ उखाडी निवासी गणेश शाही र ६ वर्षिय बालक दमन रोकायाको पहिचान खुलेको प्रहरी चौकी खिनले जनाएको छ ।
क १ ज, ५६ नम्बर को जिप खिनदेखी थिर्पुसम्म आउदै गरेको थियो । दिउसो २ वजेर ३१ मिनेटमा राडुकाप्रे खोलमा दुर्घटना भएको थियो । दुर्घटनामा १३ जना गम्भिर घाइते भएको समेत जनाइएको छ ।
घाइतेको हेलीकप्टर मार्फत उद्धार गरिएको प्रहरी चौकी खिनले जनाएको छ । घाइते हुनेमा बिजय थापा। इश्वर थापा,केशव थापा, डल्ली बिक, आषुसा विक,रिदम शाही, प्रतिक्षा शाही, आषिष रोकाया,भुपेन्द्र रोकाया,दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकायार गाडी चालक हस्त वम गरी जम्मा १३ जना गम्भिर घाइते रहेको जनाएको छ । गाडी सडकदेखी २ सय मिटर तल खसेको थियो ।

सम्बन्धित फोटो ः
१ दुर्घटना स्थल सहितको फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित