माओवादी कालिकोट संयोजकको लागी चार जनाको बलियो दावी

माओवादी कालिकोट संयोजकको लागी चार जनाको बलियो दावी

कालिकोट –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कालिकोट संयोजकको लागी चारजना युवा नेताको दावी रहेको छ । जेठ ४ गतेदेखी सुरु हुने जिल्लाको वैठकले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने नेकपा माओवादी केन्द्र कालिकोटले जनाएको छ ।
नयाँ नेतृत्व चयन हुने भएपछी जिल्ला समन्वय समितिको संयोजकका लागी पुर्व पालिका प्रमुखहरुलेनै दावी गरेका छन् ।
संयोजकका लागी तिलागुफा नगरपालिका पुर्व नगरप्रमुख रतनबहादुर शाही, पचालझरना गाउँपालिका पुर्व अध्यक्ष खड्गराज सेजुवाल, शान्नि त्रिवेणी गाउँपालिका पुर्व अध्यक्ष डम्बरबहादुर शाही र वर्तमान महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बलियो आकांक्षी देखाएका छन । आकांक्षी प्रकट गरेका चारै जना पार्टीमा बलियो उम्मेदवार हुन ।

२०५५ सालमा पार्टीमा भुमिगत भएका रतनबहादुर शाही पनी कमजोर हैनन् । उनी सरल शालिन र उद्धारावादी नेताका रुपमा स्तापित छन । उनको पार्टीमा योगदान महत्वपुर्ण नै रहदै आएको छ । उनी बिग्रेड कमाण्डर समेत हुन । पछी पाटीले २०७४ सालका स्थानिय तहको चुनावमा तिलागुफा नगरपालिकाको मेयरको टिक दिएर बिजयी भएकमा थिए ।
यसैगरी अर्का खड्गराज सेजुवाल पनी संगाठनिक रुपमा बलियो नै देखिन्छन । उनी २०५५ सालमा पार्टीमा जिवन दिएका सेजुवाल बिद्यार्थी राजनितिमा केन्द्यि सदस्य हुदै पार्टीको ब्युरो सदस्य समेत बने।
पछी स्थानिय तहको चुनावमा पचालझना गाउँपालिका अध्यक्षमा बिजयी बनेका सेजुवालले सत्ता र संगठनलाई राम्रो संग अगाढी बढाउदै आएका थिए ।

यस्तै डम्बर बहादुर शाही पनी कमजोर उम्मेदवार हैनन् उनी पनी जनमुक्ती सेनाको कमिसरदेखी पालीका अध्यक्षमा बिजयी भइसकेका छन । पार्टीमा उनको सुरुदेखीनै संस्थापनमै जमेर बसेका नेताका रुपमा चिनन्छन । उनको पनी जिल्लामा नेता कार्यकर्ताहरुको माग देखिन्छ ।
यस्तै आफ्नो बलियो आकांक्षी राखेका महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहपनी पछिल्लो समय युवाको माझमा लोकप्रीय छन । पुर्व मुख्यमन्त्रीको प्रमुख स्वकिय सचिव समेत बनिसकेका नेता सिंह नेता कार्यकर्ताको माझमा बढिनै परिचित छन ।

बलियो आकांक्षी देखाएका चार जना बाहिर देखिएपनी जिल्ला संयोजककै लागी महिला नेतृ देखी अन्य नेताले पनी चासो राखेको जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलगाईले बताए । पार्टीमा लगानी र बलिदान सवैको उतिकै रहेको संयोजक चौलगाइले भने, नेतृत्वको लागी आकांक्षि र ९ वटै पालिकाबाट देखिन्छ । सहमतीका आधारमा नेतृत्व चयन हुने छ ।
यस्तै पार्टीले जिम्मा दिएको खण्डमा नेतृत्व लिन सक्न अधिकांस नेताहरुले देखाएका छन ।
जगतबहादुर शाही, मानबहादुर भण्डारी,सुनिल विष्ट, सरोज बोगटी, जयबहादुर महतारा,दिनेश चदारा, विष्नु वराल,महिला नेतृमा शैलजा बम, तारा न्योपाने, मनशोभा वुढा, र बविता वम समेतले आकांक्षीका रुपमा रहेको पार्टी सा्रेतले जनाएको छ ।
माओवादी पार्टीमा लोकतान्त्रिक बिधी र पद्धती भन्दा किटे प्रथाद्धारा नेतृत्व चयन गर्दै आइरहेको छ ।
पार्टी भित्रको आन्तरिक समुह र धारले गर्दा कालिकोटमा महेन्द्रबहादुर शाहीकै धार बलियो हुदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित