सानिमा वैंक द्धारा विद्यालयमा वितिय साक्षरता कार्यक्रम

सानिमा वैंक द्धारा विद्यालयमा वितिय साक्षरता कार्यक्रम

कालिकोट – सानिमा वैंक कालिकोट शाखाले विद्यालयमा वितिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोवल मनि विक २०२४” को अवसरमा सानिमा वैंक कालिकोट शाखाद्धारा वुधवार खाँडाचक्र नगरपालिका वडा नम्बर १ स्थित पंञ्चदेवल माध्यामिक विद्यालयका विद्यार्थीहरु संग वितिय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको हो ।
सानिमा बैंकका देशभरी छरिएर रहेका एकसय ५शाखा संजाल,२८ वटा सेवा काउन्टर तथा एकसय २१ एटिएम बुथबाट ग्राहकले अन्तरशाखा कारोबार गर्न पाउने बताउदै एटिएम,मोबाइल बैंङ्किग ,इन्टरनेट बैंङ्किग ,किलियरिङ्ग, रेमिटेन्स, आई.पि.एस., सि आस्वाका साथै हरेक उमेर समुहलाई लक्षितगरी बनाईएका बचत खाता र आकर्षक व्याजदरको मुद्वती खाताका साथै संसारको जुनसुकै कुनाबाट रेमिटेन्स् गरी पठाएको रकम सरल र सहज रुपमा भुक्तानी पाउनुका साथै बैंकको आन्तरीक रेमिटेन्स् ,सानिमा एस्प्रेस मार्फत पठाइएको रकम देशको जुनसुकै कुनामा पनी प्राप्त गर्न सकिने कुरा शाखाद्वारा आयोजित वित्तिय साक्षरता कार्यक्रममा बैंकका प्रबन्धक मछिन्द्र कुमार भण्डारीले जानकारी दिए ।
भण्डारीले आजको युगमा डिजिटल वैंकिङ सेवा अपरिहार्यताको सन्दर्भमा विद्यार्थीलाई प्रकाश पार्दै वैंकिङ शिक्षाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्दप्रसाद काेईरालाले अन्य शिक्षक र करिब दुई सय जना विद्यार्थीहरुको सहभागितामा वितिय साक्षरता कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक काेइरालाले सानिमा बैंकले जिल्लामा छिटो, छरितो तथा सरल र सुर्लभ तरिकामा दिएको सेवाप्रति प्रशंसा गरेका थिए । उनले भने, यहि सेवा यहाँका नागरिकलाई आवश्यक रहेको बताए । अवको नयाँ प्रविधीयुक्त युगमा विद्यार्थीहरुलाई पनी बितिय साक्षरता सम्बन्धी यो शिक्षा आवश्यक रहेको बताए । कालिकोटमा शान्नि त्रिवेणी गाउँपालिका र सदरमुकाम मान्ममा दुईवटा शाखा रहेका छन । यो शाखाले प्रत्येक वर्षमा दुई जना विद्यार्थीलाई छात्रावृति रकम समेत प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित