महावैमा गाउँपालिकामा उच्च फाइबरनेट जडान

महावैमा गाउँपालिकामा उच्च फाइबरनेट जडान

कलिकोट – जिल्लाको महावै गाउँपालिकाले नागरिकहरुलाई ईन्टरनेटको पहुँचमा पुर्याउनका लागी एभरेस्ट नेटवर्क प्रालीको फाइबर नेट जडानको काम तिब्र गतिमा गरिरहेको हुँदा महावैमा उच्च गति सहितको फाइबर इन्टरनेट सेवा विस्तार हुने भएको छ ।
दुर्गम जिल्लाकाकै दुर्गम मानिने महावै गाउँपालिकालाई उच्च गतिको इन्टरनेटमा जोड्ने उदेश्यले एभरेस्ट नेटवर्क प्रालीको फाइबर नेट जडानको काम तिब्र गतिमा भैरहेको र अब केही दिन भित्र सेवा प्रवाह हुने समेत महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताए ।

एभरेस्ट नेटवर्क प्रालीको फाइबर नेट एकदमै गुणस्तरीय र विश्वस्तरीय कम्पनी हो । उच्च गतिको इन्टरनेट विस्तारले दुर्गम जिल्लाको महावै गाउँपालिकालाई सिङ्गो पालिकालाई नै ईन्टरनेटको पहुँचमा पुर्याउने उदेश्य रहेको समेत बताए ।
ईन्टरनेटको पहुँच नहुँदा नागरिकको कामहरुमा केही ढिलाई सुस्ती भएको थियो भने एभरेस्ट नेटवर्क प्रालीको फाइबर नेट पालिकामा जडान गरे सँगै नागरिकका काम हरुमा सहज सुनका साथै पालिकाबाट सेवा प्रवाह गर्न सजह हुने समेत अध्यक्ष सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित