भेडि गाेठालाेलाई साेलार सहयाेग

भेडि गाेठालाेलाई साेलार सहयाेग

कालिकोट – तिलागुफा नगरपालिका वार्ड न. १० रुडुका १५ भेडा पालन गर्ने भेडिगाेठालाेहरुलाई सोलार बितरण गरिएको छ ।

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग, मानव अधिकार तथा बाताबरण बिकास केन्द्र हुरण्डेक नेपाल कालिकोटको सहजीकरण, पश्चिम् नेपाल समुदायमा आधारित हाब्रे संरक्षण परियोजना अन्तर्गत तिलागुफा नगरपालिकाको समन्वयमा यस तिलागुफा नगरपालिका वार्ड न. १० रुडुका १५ वटा भेडी गोठ ब्यबस्थापनको लागि ५० वाटको १५ पिस सोलार बितरण गरिएको छ ।

बितरण कार्यक्रममा नगर प्रमुख शंकर प्रसाद उपाध्याय,उप प्रमुख महेन्द्र बहादुर शाही, ६ न. वडा अध्यक्ष पर्वलाल शाही, हुरेन्डेक नेपाल कालिकोटका महासचिव दिलिप कुमार शाही फिल्ड प्राबिधिक लक्ष्मण सिंह लगायतको उपस्थिती रहेकाे छ।
भेडा पालन ब्यावसायलाई ब्यावस्थित गर्नको लागी तिलागुफा नगरपालिकाले कृषक हरुलाई त्रिपाल, रेनकोट, टेन्ट लगायतका सामाग्री हरु बितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित