कालिकोट – भाैगाेलिक रूपमा कठिनाइ दुर्गम जिल्लाले चिनिने कालिकोटमा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् ।
स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुँन थालेको छ ।
प्रचारको अभावमा आझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि यहाँका स्थानीय तहले सक्रियता देखाएको छ ।
पालिकाभित्रका सम्भावना बोकेका पर्यटकिय क्षेत्रलाई प्रचारप्रसार गर्न केन्द्र र प्रदेश सरकारसँग स्थानीय तहले समन्वय गरिरहेको छ ।
स्थानीय तहले छिमेकी जिल्ला अछाम , बाजुरा, दैलेख सहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचार गरी पूर्वाधार निर्माण गर्न थालेको छ ।
कर्णाली करिडोर लगायत सिमानाक्षेत्रमा सडक संञ्जालले जोडिएपछि ओझेलिएका गन्तव्य पनि प्रचारमा आउन थालेका छन् ।
पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको गुरुयोजना बनाउने र तिनीहरुको प्रचार र विकासका लागि गाउँपालिका योजनाबद्ध रुपमा लागेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
सिंहले चर्चामा आएका गन्तव्यको पूर्वाधारमा जोड दिने र ओझेलमा रहेका स्थलको प्रचारलाई तीव्रता दिने बताए । उनी भन्छन्, ‘कालिकोटमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, कति हामीले पहिचान गरेका छौँ, कति पहिचान गर्न बाँकी छन्, पहिचान र प्रचारको लागि निरन्तर लागिरहेका छौँ, पहिचान भइसकेका स्थलमा पूर्वाधार निर्माण गर्ने र प्रचार गर्ने कार्यमा जुटेका छौँ ।’
विशेष गरि महावै गाउँपालिकाले आफ्नाे क्षेत्रमा रहेका दैलेख सँग जोडिएको प्रसिद्ध महावुधाम, पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारमा जुटेको अध्यक्ष सिंहको भनाइ छ ।
यस्तै शान्नित्रिवेणी
गाउँपालिकाले बाजुरा र कालिकोटकाे सिमानामा पर्ने बडिमालिका, त्रिवेणी जस्ता पर्यटकिय क्षेत्रकाे विकासका लागि दुवै पालिका, जिल्ला र प्रदेश सरकारसँग सहकार्य गरेर विकास गर्ने उपाध्यक्ष पार्वती सिंहकाे बताइन ।
‘यहाँ थुप्रै परम्परागत धार्मिक कला, संस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ छन्, धेरै जसो पर्यटकीय तथा धार्मिक क्षेत्र विभिन्न जिल्लाका सिमानमा रहेका छन्, त्यसले गर्दा दुवै पक्षले समन्वय सहकार्य गरेर विकास गर्दा राम्रो हुने हुँदा छलफल गरीरहेका छौँ र आ–आफ्नो सिमानमा पर्ने स्थालको आफै योजना बनाउने उपाध्यक्ष सिंहले भनिनन् ।
देशका एकसय गन्तव्य भित्र एशियाकै अग्लाे भनेर दावि गरिएको पचालझरना रहेकाे छ । संगै प्रचारप्रसारकाे अभावमा ओझेलमा परेका प्रसिद्ध पर्यटकिय क्षेत्र बडिमालिका,तिलागुफा,रूडुबन्चु,पञ्चदेवल,लगायत रहेका छन ।
‘पहिलो चरणमा सम्भावन बोकेका ठाउँको पहिचान गरी रहेका छौँ, त्यसको विकास गर्ने हाम्रो दायित्व हो, भर्खरै यसबाट नतिजा नआउन सक्छ तर विस्तारै नतिजा आउनेमा हामी विश्वस्त छौं’, उनले भने, ‘यहाँका नागरिकको पर्यटन व्यवसायबाटै जीवनस्तर उकास्ने कोसिसमा छौँ, त्योअनुसारका काम भइरहेका छन् ।’
पर्यटन प्रवद्र्धनका लागि यस वर्ष गाउँपालिकामा २५ लाख बढी बजेट विनियोजन भएको तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले जानकारी दिए । अवकाे पप्राथमिकतामा पर्यटनप्रवधन रहेको भन्दै त्यसका लागि आठ लाख विनियोजन गरेको उनको भनाइ छ ।
पर्यटकीय ठाउँमा संरचना निर्माणका लागि प्रदेश सरकारबाट पनि केही बजेट माग गरेको र नगरपालिकाले थप बजेट व्यवस्थापन गरेर नयाँ गन्तव्यको प्रचारमा जोड दिने उनको भनाइ छ ।





