कालिकोट – तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले शिक्षाक्षेत्र सुधार गर्न एकै पालिकाले गर्न नसक्ने बताएका छन्।
मंगरबार जिल्लाका मिडिया संग कुरा गर्दै मेयर उपाध्यायले अब शिक्षा सुधारमा सिंगाे जिल्लाकाे निर्णयले मात्र सम्भव हुने बताए ।
सत्ता संचालनदेखि अहिले सम्मकाे गतिविधि बारे जानकारी दिदै मुख्य कुरा शैक्षिक क्षेत्र सुधार ल्याउनु पर्ने बताए ।
तिलागुफा नगरपालिकाका केही राम्रा जनपक्षिय कामहरू भएका छन ।
केही चुनाैति पनि छन यसकाे सावधानका लागि सवैकाे सहयाेग सल्लाह आवश्यक रहेकाे बताए ।
अहिले मुख्य कुरा खस्किदाे शैक्षिक अवस्था लाई माथि उकास्न चुनावी रहेकाे छ ।
यसलाई सुधारमा ९ वटै पालिका र जिल्लाले एकरूपता हुनु पर्ने मेयर उपाध्यायले बताए ।
साथै उपाध्यायले कालिकोटमा बढि सम्भावना पर्यटकिय प्रचारप्रसार गर्न मिडियाकर्मि हरूलाई आग्रह गरेका थिए ।
पत्रकारकाे कलम सत्य र तथ्यमा आधारित कलम चलाउन आग्रह गरे।भेटघाट कार्यक्रममा वरिष्ठ पत्रकार कृष्नराज धमला, नेपाली कांग्रेसमा नेता धिरेन्द थापा लगायतका पत्रकार हरूकाे सहभागीता रहेको थियाे ।





