सकरात्मक कुरालाई पनि मिडियामा ल्याउनु पर्छ : प्रमुख जिल्ला अधिकारी शर्मा

सकरात्मक कुरालाई पनि मिडियामा ल्याउनु पर्छ : प्रमुख जिल्ला अधिकारी शर्मा

कालिकोट – समाजमा परिवर्तनशिल सकरात्मक कुराहरू पनि मिडियामा ल्याउन पर्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताएका छन्।
शुक्रबार सदरमुकाम मान्ममा रेडियो साझा आवाज ९०.९ मेगाहर्जकाे उद्घाटन कार्यक्रममा प्रजिअ शर्माले यस्ताे बताएका हुन्।

पछिल्लो समय मिडियाले नकारात्मक कुराहरू मात्र ल्याउने तर, सकरात्मक परिवर्तनशिल कुराहरूकाे बारेमा मिडियामा ल्याउन नसकेकाे प्रति चिन्ता व्यक्त गरेका छन ।

मिडिया राज्यको चाैथाे अंग हाे जसले राज्यकाे खवरदारी र समाजकाे विकास गर्ने महत्त्वपूर्ण भुमिका हुने भएकाले समाजमा सकरात्मक कुराहरूलाई मिडियामा ल्याउन पर्ने प्रजिअ शर्माले भनाई थियाे ।
रेडियो उद्घाटन कार्यक्रम पचालझरना राष्ट्रिय विकास समितिका संचालक समितका सदस्य निलाे तिरूवाकाे अध्यक्षतामा उद्घाटन भएकाे थियो ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही , खाडाचक नगरपालिका उपप्रमुख गणेश शाही , प्रहरी प्रमुख जयश्वर रिमाल लगायतका सराेकारवालहरूकाे सहभागीता थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित