प्रतिनिधि सभामा कालिकोटबाट महेन्द्र शाही बिजयी

प्रतिनिधि सभामा कालिकोटबाट महेन्द्र शाही बिजयी

कालीकोट- प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन्। एमालेका नगेन्द्र शाही (नेशनल) भन्दा झन्डै ६ हजार मतान्तरले शाही विजयी भएका हुन्।

खसेको कुल ४६ हजार ६६९ मतमध्ये माओवादी केन्द्रका शाहीले २३ हजार ८७ मत ल्याउँदा उनका निकटम् प्रतिस्पर्धी एमालेका नगेन्द्र शाहीले १६ हजार २३० मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९, नेपाली कांग्रेस विपीका पंखबहादुर बिष्टले १४० तथा स्वतन्त्र उम्मेदवारहरु काशीचन्द्र बरालले ८९३ र धनप्रसाद पाण्डेले ७९ मत ल्याएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेकामध्ये दुई हजार ४१ मत बदर भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित