रास्कोटमा गाउँमै स्वास्थ्य सेवा

रास्कोटमा गाउँमै स्वास्थ्य सेवा

 

कालिकोट –  रास्कोट नगरपालिका–१ गैरा गाउँकी ६० वर्षीया अम्ती लुहारलाई करिब ४ वर्षदेखि शरीर दुख्ने, जोर्नीहरू दुखेर हिँड्डुल गर्नै समस्या छ ।
तर आर्थिक अभाव र नजिकै स्वास्थ्य संस्था नहँुदा उनले सामान्य चेकजांँच पनि गर्न पाएकी थिइनन् । बिहिबार विशेषज्ञ सहितका डाक्टरको टोली गाउँमा पुग्दा उनी निकै खुसीका साथ चेकजाँच गर्न लाइनमा लागिन् । चेकजाँच पश्चात औषधि लिएर खुसी हुँदै घर फर्किइन।
रास्कोट नगरपालिकाले “भरोषा होस् नगरमाथी, गाउँघरमा स्वास्थ्यकर्मी साथी” भन्ने अभियान अन्तर्गत पहिलो पटक सिपखानाको गैरागाउँ क्षेत्रमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नगरपालीकाले उक्त क्षेत्रमा पहिलो पटक स्वस्थ्य शिविर सञ्चालन हुँदा सर्वसाधारणहरू निकै खुसी देखिन्थे । गरिबी र नजिक स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारबाट समेत यहाँका सर्वसाधारण वञ्चित छन् ।

‘एक सातासम्म औषधि खाए केही कम हुन्छ भनेका छन्,’ स्वास्थ्य परीक्षणपछि घर फर्किंदै गरेकी अम्तिले भनिन्, ‘ठूलो समस्या केही रहेनछ, अब नियमित जाँच गर्नुपर्ने देखियो ।’ उनले आफूसँगै ७ वर्षीय नातिनी संगीता लुहारको पनि स्वास्थ्य परीक्षण गराइन ।
संगीता जन्मेदेखि नै हिंड्डुल गर्न सक्दिनन् । तर उनलाई अहिलेसम्म कतै पनि चेकजाँच गरिएको छैन ।

५५ वर्षीय अमना टमटा पनि दुर्गाझैं जोर्नीहरू दुख्नुका साथै श्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रसित छिन । सामान्य चेकजाँच गरेर औषधि सेवन गरे पनि उनको रोग भने निको हुन सकेन ।
बिहिबार उनी पनि विशेषज्ञ डाक्टरहरूलाई चेक गराउन लाइनमा लागेकी थिइन । ‘चार÷पाँच वर्षदेखि मेडिकलबाट किनेर औषधि खाइरहेकी छु,’ उनले भनिन्, ‘तर दुखाइ जस्ताको त्यस्तै छ, दमले थोरै पनि हिंड्न सक्दिनँ ।’

आर्थिक स्थिति कम्जोर भएर रोगपालि बसेका जेष्ठ नागरिक ,अपाङ्ग असाहय लगायतका स्थानीयवासीन्दाका लागि यो शिविर निकै लाभदायिक भएको नगरप्रमुख धर्मराज शाहीले बताए ।
उनले भने। नगरपालिकामा रहेको अस्पताल बाट सेवा प्रवाह भइरहेको छ । तर, पनी असक्त हिडडुल गर्न नसक्नेहरुको लागी यो अभियान निकै फलदायी हुने भएकाले गाउँ गाउँमा स्वास्थ्य चेकजाँच अभियान थालेका छौँ ।

विभिन्न स्थानीय तहले गाउँमै विशेषज्ञ चिकित्साद्धारा चेक जाँच हुने गरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएपछि स्थानीय वासीमा बल्ल गाउँमै सरकार आएको महसुस गरेको स्थानीय झिमु दर्जिले बताइन् ।
गाउँमा पहिलो पटक स्वास्थ्य शिविर लाग्ने सुनेपछि सर्वसाधारणहरू बिहानैदेखि परीक्षणका लागि लाइन लागेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित