नेपाल बैंकद्वारा खराब कर्जामा आकर्षक सुधार, अन्य सूचक कस्ता ?

नेपाल बैंकद्वारा खराब कर्जामा आकर्षक सुधार, अन्य सूचक कस्ता ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा खुद नाफा ४.९३ प्रतिशतले बढेको छ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३ लाख रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २०.०८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकको यस्तो मुनाफा २ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।

बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।

बैंकको चुक्तापुँजी बढेर १४ अर्ब ४० करोड रुपैयाँको उचाइमा पुगेको छ। रिजर्भ पनि ६.४३ प्रतिशतले बढेर १७ अर्ब ४६ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १६ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकले खराब कर्जा (एनपीएल) १.९१ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.८८ प्रतिशत रहेको थियो।

सीडी रेसियो ८९.६२ प्रतिशत रहेको बैंकको आधार दर ६.९२ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १९.६७ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस २१.३७ रुपैयाँ रहेको थियो।

पीई रेसियो १९.३७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३८.१२ रुपैयाँ र तरलता अनुपात २३.७२ प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित