कालिकोट बन्याे पुर्ण सुनिश्चितता जिल्ला

कालिकोट बन्याे पुर्ण सुनिश्चितता जिल्ला

 

कालिकोट – कालिकोट जिल्ला देशकै ६५ अाैँ पुर्ण खाेप सुनिश्चितता जिल्ला घाेषाणा गरिएको छ ।
बुधबार सदरमुकाम मान्ममा बाजागाजा सहित जिल्लालाई पुर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा गरिएको हाे ।
जिल्ला का ९ वटै पालिकामा रहेका १६ महिना देखि २३ महिना सम्मका बालबालिका काेहि पनि खाेप लगाउनबाट बन्चित नभई निरन्तर खाेप लगाईएकाे लगायतका सुचकहरू पूरा भएपछि जिल्ला लाई पुर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएकाे छ ।
घाेषणा जिल्ला समन्वय समितिका प्रमुख तथा खाेप व्यवस्थापन समितिका संयाेजक धनजित शाहीकाे अध्यक्षता, संविधान सभा सदस्य तुलाराज विष्टकाे प्रमुख अातिथ्यता,स्थानीय सरकारका प्रमुख, राजनिती दल तथा जिल्लाका सराेकारवालाहरूकाे सहभागीतामा
हस्तान्तरण सहित घाेषणा गरिएको छ ।
प्रदेश अस्पतालका प्रतिनिधिले प्रमाण पत्र सहित घाेषाणा पत्र हस्तान्तरण गरिएको थियाे ।
निकै तामझामका साथि गाैरवपुर्ण कार्यक्रममा अधिकांस स्थानीय तहका जनप्रतिनिधि हरू अनुपस्थित रहेकाे छ ।
यस्तै कार्यक्रममा रास्काेट नगरपालिका प्रमुख धर्मराज शाही , पचालझरना गाउँपालिका अध्यक्ष देवजंग शाही र महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही काे मात्र उपस्थिति रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित