Online News Khabar

युनिकोड

रक्सी खाँदा विवाद भएपछि हत्या

0
SHARES
9
VIEWS

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।मादक पदार्थ सेवन गरी उनीहरूबीच झैझगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । साथै घाइतेलाई उपचारका लागि घोपा अस्पताल धरान पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित