अदालतले हामिलाई आधिकारिकता दिन्छ- केन्द्रीय प्रतिनिधि शाही

अदालतले हामिलाई आधिकारिकता दिन्छ- केन्द्रीय प्रतिनिधि शाही

twitter sharing button
messenger sharing button
viber sharing button
Single Page - 3

 

कालिकोट — नेपाली कांग्रेस (देउवा समूह) कालिकोटले आगामी असोज २७ र २८ गते हुने जिल्ला अधिवेशनको तयारीलाई तीव्रता दिएको छ। यसै शन्दर्भमा केन्द्रीय प्रतिनिधि दमन बहादुर शाहीले अदालतले हामीलाई आधिकारिकता दिने दाबि गरेका छन । असाेज २७ देखि सुरू हुने जिल्ला अधिवेशनकाे तयारी बारे जानकारी गराउन आयाेजना गरिएको पत्रकार सम्मेलनमा शाहीले यस्ताे दावि गरेका हुन ।
अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित प्रेस मिटमा जिल्लाका ८२ वटै वडा र नौवटै स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिइएको हो।

जिल्ला अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न छवटा विभिन्न उपसमिति गठन गरिएको पार्टीले जनाएको छ। अधिवेशनको तयारी तथा व्यवस्थापनका लागि उपसमितिहरूलाई जिम्मेवारी बाँडफाँट गरी काम अघि बढाइएको बताइएको छ।

प्रेस मिटमा जिल्ला अधिवेशन तयारी संयोजक मात्रिका सिंह, केन्द्रीय प्रतिनिधि दमनबहादुर शाही र पार्टी सचिव नगेन्द्र बिष्टको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि दमनबहादुर शाहीले पार्टी केन्द्रले तोकेको समयसीमाभन्दा अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ कालिकोट कांग्रेस अघि बढिरहेको बताए। जिल्लाका सबै वडा र पालिकाको अधिवेशन सम्पन्न भइसकेकाले जिल्ला अधिवेशनको तयारीलाई तीव्रता दिइएको उनको भनाइ थियो।

“पार्टी केन्द्रले तोकेको समयसीमाभन्दा अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौँ। अधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी भइरहेको छ,” शाहीले भने।

त्यस्तै, पार्टी सचिव नगेन्द्र बिष्टले जिल्ला अधिवेशनलाई सफल बनाउन पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढिरहेको बताए। अधिवेशनको तयारीका लागि छवटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको उल्लेख गर्दै उनले निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय र व्यवस्थापनको काम भइरहेको बताए।

“जिल्ला अधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरेर तयारी अघि बढाएका छौँ। जिल्लाका सबै वडा र पालिकाको अधिवेशन सम्पन्न भइसकेको अवस्थामा जिल्ला अधिवेशनलाई पनि उत्साहपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्ने हाम्रो लक्ष्य छ,” बिष्टले भने।

आगामी असोज २७ र २८ गते हुने जिल्ला अधिवेशनले पार्टीको जिल्ला नेतृत्व चयन गर्नुका साथै संगठनलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित