नेपाली कांग्रेस देउवा पक्षको कालिकोट जिल्ला अधिवेशन असोज २७ र २८ गते हुने

नेपाली कांग्रेस देउवा पक्षको कालिकोट जिल्ला अधिवेशन असोज २७ र २८ गते हुने

 

कालिकोट  –  नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालिकोटमा जिल्ला अधिवेशन असोज २७ र २८ गते गर्ने भएको छ ।
अधिवेशनमा जिल्ला तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनिय सहभागिता रहने नेपाली कांग्रेस का जिल्ला संयोजक मात्रिका सिंहले जानकारी दिएका छन ।
उनका अनुसार जिल्लाका ८२ वटै वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको र पालिका अधिवेशन पनी सकिएका छन । अव क्षेत्रिय अधिवेशन वाँकी छ । जिल्ला अधिवेशनमा सवै वडा र पालिकाबाट प्रतिििनध छानिसकेको बताउनु भयो ।
अधिवेशनमार्फत पार्टीको जिल्ला नेतृत्व चयन तथा संगठनलाई थप व्यवस्थित बनाउने विषयमा छलफल हुने बताइएको छ ।
अधिवेशनको लागी सम्पुर्ण तयारी पुगिसकेको समेत जानकारी दिए । ८२ वटै वडा , ९ वटै पालिका र दुवै निर्वाचन क्षेत्रबाट जिल्ला अधिवेशनमा एक वडामा २१ देखी २२ जना गरी जम्मा दुई हजार बढी प्रतिनिधहरु हुने छन । जिल्लाको नेतृत्व सरर्वसहमत बनाउने र सहमती नभए चुनावी प्रक्रियाबाट भएपनी नेतृत्व टुंगाउने सिंहले बताए ।
कालिकोटमा गगन पक्ष भन्दा देउवा पक्षमा जनप्रतिनिधी र र नेताहरु लागेका देखिन्छन ।
देउवा पक्षमा प्रभावशाली नेता भुपेन्दजंग शाही, दमन शाही, पार्टी, महिला नेत्रृ एशोदा शाही, महिला दिलु बम, हस्त बम,सचिव नगेन्द विष्ट, पार्टी सचिव मात्रिका सिंह, कोषाध्यक्ष केशरसिंह बम, सहसचिव भरत मल्ल, नेता धुर्वबिक्रम शाही, सविन विष्ट, जगतजंग विष्ट, धर्मराज शाही,माधव पाण्डे,मनराज शाही, नेत्र शाही,पटक शाही,मेघराव विष्ट, बिरेन्द केसी,भानु आचार्य, लक्ष्मण शाही, खगिन्द पाण्डे,नविन शाही लगायतका नेताहरु छन भने जनप्रतिनिधीमा प्रदेश सभा सदस्य हिक्मत विष्ट, नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, जिल्लाका ७ वटा वडा अध्यक्ष तथा गत ७९ सालको स्थानिय तहको निर्वाचनमा उम्मेदवार लडेका खाँडाचक्रमा तारा शाह, महावैमा मात्रिका सिंह, पलातामा केशर सिंह बम, पचालझरनामा टेकबहादुर बोगटी, र रास्कोटमा नवराज वराल सहित ५ जना नेता समेत देउवा पक्षमा लागेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित