Online News Khabar

मुख्य राजमार्ग संग जोडिदै महावै

1.1k
SHARES
1.3k
VIEWS

विश्वनाथ सिम्खाडा
कालिकोट

कालीकोट — सडक सञ्जाल नपुगेको महाबै गाउँपालिकाको केन्द्र जोड्न सेरावाडा–पादमघाट सडकका लागि बल्ल ठेक्का प्रक्रिया सुरु भएको छ ।
गत महिना कर्णाली प्रदेशको भौतिक योजना तथा सहरी विकास मन्त्रालय र विश्व बैंकको संयुक्त लगानीमा ५१ करोड रुपैयाँ बजेट स्रोत सुनिश्चित भएपछि ट्यागसहित कालोपत्रका लागि १ महिना अवधि राखेर गत डिसेम्बर २२ मा ठेक्का आव्हान भएको हो । यो सडकका लागि मन्त्रालयको १० करोडसहित बाँकी रकम लगानी विश्व बैंकको हो ।

कर्णाली राजमार्गको सेरावाडादेखि महाबै गाउँपालिकाको केन्द्र पादमघाटसम्मको ६ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘अब गाउँपालिका पुग्ने सडक निर्माण हुने पक्का भयो । पालिका केन्द्र पुग्न पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने छ,’ उनले भने, ‘तिला नदीको सेरावाडामा बेलिब्रिज बनाइसकेका छौं । पादमघाट खोलामा पनि सडक विभागले पक्की पुलको काम गरिरहेको छ ।’ उनले विश्व बैकको सहयोगमा पालिका केन्द्रसम्म कालोपत्र सडक बन्ने बताए ।

कालीकोटका ९ मध्ये ८ वटा स्थानीय तहको केन्द्रसम्म सडक पुगे पनि महाबै गाउँपालिकाको केन्द्र पुग्न कर्णाली राजमार्गको सेरावाडाबाट ३ घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता छ । महाबै जान तिला नदी तर्नुपर्ने हुन्छ । तिला नदीमा गत वर्ष पुरानो बेलिब्रिज जडान गरिएको थियो । अहिले पादमघाट खोलाको पक्की पुल निर्माणका लागि सडक विभागले ठेक्का लगाएर काम भइरहेको छ । महाबैको केन्द्र पुग्ने सडक नबनेकोले स्थानीय पैदल हिँड्न बाध्य छन् ।

कर्णाली प्रदेश सरकारको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्र्तगत गाउँपालिकालाई ५१ करोड बढीको ठेक्का लगाउन स्वीकृति प्राप्त भएपछि ठेक्का पक्रिया सुरु गरिएको महाबै गाउँपालिकाका प्राविधिक अक्कलबहादुर शाहीले बताए ।
गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले कर्णाली राजमार्गको सेरावाडामा तिलानदी तरे पछि कडा चट्टान हुँदै सडक खन्नुपर्ने भएकाले विष्फोटनसहितको काम गर्ने गरी ठेक्का लगाउन थालिएको जानकारी दिए ।
महावै सडक संज्याल जोडिन नसकेपनी पालिका भित्रका सवै वडामा सडक संज्याल पुगिसकेको पालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । उनका अनुसार सवै वडामा सडक पुराएको छ भने खेतियोग्य भुमिमा आरसिसी सहितको बाटो निर्माण गरिहेका छौँ । नदिमा पुल नहुदा अहिले राजमार्ग संग जोडिन मात्र नसकेको हो ।
सम्बन्धित फोटो ः
१) कर्णाली राजमार्गको सेराबाडादेखी पादमघाट जोड्ने पुल र सडक कालोपत्रेको लागी ठेक्का खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित