महिने आधारभूत कम्प्युटर तालिम उद्घाटन

महिने आधारभूत कम्प्युटर तालिम उद्घाटन


‎कालिकोट – जिल्लाकाे खाँडाचक्र नगरपालिका १ मा ३ महिने आधारभूत कम्प्युटर तालिम उद्घाटन गरीएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटको आयाेजनामा कार्यक्रम सुरु गरीएको हो ।

‎उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको सीप विकास तथा राेजगार विकास कार्यक्रम अन्तरर्गत ३ महिने आधारभूत कम्प्युटर तालिम सुरु गरीएको छ ।

‎उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटका कार्यालय प्रमुख श्रीबहादुर विष्टको अध्यक्षता, जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीको प्रमुख आथित्यता र जिल्ला समन्वय समिति कालिकोटका उप-प्रमुख मिना रावल (विश्वकर्मा) काे विशेष आथित्यतामा कार्यक्रम सुरु गरिएको हो ।

‎तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीे अहिलेको प्रविधि युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्वन्धी सीप सिकाउनु आवश्क रहेको बताए।

‎कर्यक्रममा बोल्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटका कार्यालय प्रमुख श्रीबहादुर विष्टले कार्यक्रममा सहभागिलाई राम्रो संग सिकाएको कुरा सिक्न र व्यवाहारमा लागुगर्न अनुरोध गरे। कार्यक्रममा प्रशिक्षक जीवन राज देवकोटाले कार्यक्रममा सहभागिलाई निरन्तर कक्षामा सहभागि हुन अपिल गर्दै आफुले सिकेका बेसिक कम्प्युटर सम्बन्धि सबै कुरा सिकाउने बताए। उक्त कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटका वरिष्ठ प्रशासन सहायक रूप बहादुर बुढा क्षेत्रीले संचालन गरेका थिए ।

‎३ महिने आधारभूत कम्प्युटर तालिम उद्घाटन कार्यक्रममा डाइनामिक मल्टि टेक्निकल ट्रेनिङ्ग सेन्टरका संचालक जीवन राज देवकोटा, पत्रकार पुष्पराज भटराई,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटका प्रशासन सहायक तिलबहादुर मल्ल र कम्प्युटर अफ्रेटर लाल बहादुर बुढा लगाएत प्रशिक्षार्थीहरूकाे सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित