कालिकोट- कर्णाली प्रदेश सभाका माननिय उपसभामुख एशोदा न्यौपानेले कालिकोट जिल्लाका जेनजी नेताहरु संग वर्तमान अवस्थाका बिषयमा भेट गरेकी छन ।
गृह जिल्लामा भेटघाटका लागी पुगेकी न्यौपानेले जेनजी आन्दोलन र वर्तमान अवस्थाका बिषयमा कालिकोटका जेनजी नेता हिक्मतजंग मल्ल, महेन्द भारती लगायतका नेताहरु संग आइतवार भेटघाट गरेकी हुन ।
भदौ २३ र २४ गते देशभरी भइरहेको आन्दोलनबाट घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित ज्यान गुमाउनु हुने युवाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गरेकी थिन ।
उनले जेनजीका जायज मागहरुप्रति सरकार तयार हुनु पर्ने र जेनजीको नाममा राज्य जलाउने लुटपाट गर्ने अपराधी गिरोहलाई अनुसन्धान गरी कारर्वाही गनु पर्ने समेत बताइन ।
साथै उनले जेनजीको आन्दोलनबाट कालिकोट जिल्ला क्षती हुनबाट बचाएको भन्दै जेनजीहरुलाई धन्यवाद दिइन । नेपालमा अहिलेसम्म भएका हरेक आन्दोलन परिर्वतनको पक्षमा हुदा हुदै पनी कतै बैदेशिक चलखेल र घुसपैठका कारण नसोचेको घटनाहरु समेत हुने गरेका छन । दश वर्षे जनयुद्धको मुख्य मकसत पनी फरक थियो तर, हजारौले ज्यान गुमानु पर्यो । यस्तो बेला सवै संम्वयम र नेतृत्वले कहिले कसो जिम्मा लिनु पर्ने पनी हुन्छ ।
उपसभामुख संगको भेटमा जेनजी नेता हिक्मतजंग मल्लले देशका हरेक आन्दोलनको नेतृत्व गर्ने र क्षती व्यहोर्ने पनी कर्णाली देखिन्छ तर, अवसर र जिम्मा भने कर्णालीलाई दिइदैन । यो पहिले देखी अहिलेको जेनजी सरकारमा पनी देखियो । यस्तो अवस्थाको अन्त्य गर्न खास जेनजी कर्णाली रहेको दावी गरे । वर्तमान सरकारमा देशका हरेक संरचनामा कर्णालीको भरपुर प्रतिनिधित्व हुनु पर्ने माग रहेको मल्लको भनाई थियो । अहिले पनी देशकै सन्दर्भमा कर्णाली अथाहा सम्भावनाले भरिपुर्ण छ । मात्र भौगोलिक हिसावमा मात्र पछि परेको हो ।
उनले थपे जेनजीले गरेको भदौ २३ र २४ गतेको आन्दोलन देशको लागी थियो देश जलाउने र हत्या टुलपाट थिएन । यो जती भयो घुसपैठ भएको दावि समेत गरे ।हाम्रा मागहरु जायज छन र सरकारले मागहरु पुरा गर्छ भन्ने बिश्वास लगेको छौ ।
घेटमा जिल्ला समन्य समितीका प्रमुख धनजितबहादुर शाही र माओवादी नेता लक्ष्मिप्रसाद चौलगाइको रहेको थियो ।


















Discussion about this post