असोज २५,कालीकोट – नेकपा माओवादी केन्द्रका नेता लक्ष्मिप्रसाद चौलगाई (शैलेन्द्रले) राष्ट्रिय स्वाधीनतामा ठुलो चुनौति आएको बताएका छन । शनिवार सदरमुकाम मान्ममा पत्रकारहरु संगको भेटमा केन्दिय सदस्य समेत रहेका चौलगाईले देशको वर्तमान बिसम परिस्थितीमा देशको राष्ट्रिय स्वाधीनतामा ठुलो चुनौति आएको बताएका हुन ।
उनले राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको पनि बताए ।‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।
यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन÷परिमार्जन गरौं,’ चौलगाईले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’
साथै, उनले राजनीतिक संकट पनि कायमै रहेको बताए ।जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि
जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले देशमा नयाँ मोड सिर्जना गरे संगै भदौ २३ मा जेन–जीहरुले गरेको आन्दोलनको समिक्षा गरेको हो ।
युवा नेता समेत रहेका चौलागाईँले नारायणहिटी दरबार र मदनभण्डारी हत्यको विषयमा विभिन्न धारणा आए जस्तै भदौ २३ को आन्दोलनमा पनि भिन्न धारण आइरहेको बताए । उनले जनताको अपेक्षा अनुसार दलका हामी नेताहरुले काम नगरेका कारण यस्तो परिस्थिति उत्पन्न भएको स्वीकार गरे ।
नेपालको भू राजनीतिक अबस्थाले पनि राष्ट्र माथि समस्या उत्पन्न भएको बताउदै बास्तविक जेन–जीहहरुले उठाएको एजेण्डा सही भए पनि आन्दोलनमा घुससपेटले यो खालको समस्या आएको धारणा राखे ।
कर्णाली प्रदेश सभा उपसभामुख यशोधा न्यौपानेले जेन–जी आन्दोलनमा देश जलिरहदा कालीकोटमा धेरै जनधनको क्षति पनि नहुनु र अप्रिय घटना नघट्नुमा जिल्लाका पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले कालीकोट जिल्लाका नागरिक सम्ययम भएकाले अन्य घटना नघटेको बताइन् । उनले भनिन् ‘जसरी अहिले जिल्ला संम्यमित भयो त्यस्तै भूमिका खेल्दै जानु पर्ने तथा सबै नागरिकले समिक्षा हुनु पर्ने बताइन् ।उनले अर्को प्रशंगमा देशमा यो अवस्था आउनुमा नेताहरु मात्र नभएर कर्मचारिको पनि उत्तिकै भूमिका रहेको धारणा राखिन् । राम्रो या नराम्रोको नैतिक जिम्मेवारी हामी जनप्रतिनिधिले लिएर सच्चिनु पर्ने हो । उनले भनिन् यति भन्दै गर्दा पुराना नेताहरुको योगदानलाइ पनि भुल्न नहुने हो ।’
उनले भनिन् अवस्था अनुसार सुरक्षा लिने गरेकि छु ।सामान्यतया जिल्ला तथा घरमा हुदाखेरि सुरक्षा र गाडि सुविधा लिदैन ।
उनले थपिन हामि नेताहरूलेपनि केहि कुरा सिक्नु पर्ने हुन्छ ।
सहज र साधारण जिवन शैलिमा हिड्दा जनता ले हेर्ने दृष्टिकोण फरक रहने बताईन ।उनले अहिलेको परिस्थितिलाई न्युनिकरण गर्न दलका नेताहरु कहाँ सच्चिनु पर्ने हो सुझाव राख्न पत्रकारलाइ आग्रह गरिन् ।
भदौ २३ को आन्दोलन नेपालका युवाहरुले मात्र नगरेको केन्द्रीय सदस्य गंगा खड्काले बताइन् । यस्तै उनले आन्दोलन भित्र घुसेका विदेशीहरुको घुसपैठ भएको सुनाउदै तत्कालिन सरकारले सामाजिक सञ्जाल बन्द गर्नु गलत भएको बताइन् । उनले भनिन् सरकारमा माओवादीले पनि राम्रो लिडगर्न नसकेको र अरु काग्रेस,एमालेले झनै राम्रो नगरेको धारणा राखिन ।
यस्तै जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित बहादुर शाहीले अहिलेको परिस्थितिमा दुईवटा अतिको उपज भएको बताए । उनले भने पहिले जेन–जी आयो भनेर, गलत हावा फैलाउने र अर्को यो केहि होइन भनी हेल्चेक्राई गरेका कारण यो समस्या उत्पन्न भएको बताए । भेटमा नेकपा माओवादी केन्द्र कालिकोटका सचिव सरोज खड्का, महिला नेत्रृ कृष्ण कुमारी शाही लगायत थिए ।
आन्दोलन कुनै आकस्मिक आक्रोश थिएन । यो लामो समयदेखि बढ्दै आएको भ्रष्टाचार, अनियमितता, राजनीतिक अस्थिरता र जिम्मेवारीविहीन नेतृत्व जामको असन्तोषका कारण यस्तो अवस्था आएको पत्रकार कालीबहादुर मल्लले बताए ।
उनले भने ‘जब सत्तामा रहेका दलहरू जनताको माग र आकांक्षाबाट क्रमशः टाढिँदै गए, जब राज्य संयन्त्र जनसेवाबाट विचलित भएर स्वार्थ र सत्ताको बन्दी बन्यो तब नयाँ पुस्ताले सडकमा आवाज उठाउन बाध्य भएको उनको भनाई छ ।


















Discussion about this post