कालिकोट – सुर्खेत जुम्ला सडक खण्ड अन्र्तगत गगने खोलामा पहिरो आउदा कर्णाली राजमार्ग फेरी अवरुद्ध भएको छ । निरन्तरको अविरल वर्षाले गगने खोलामा माथिवाट पहिरो बग्दा राजमार्ग अवरुद्ध बनेको हो ।
पहिरो पन्छाउनको लागी बिहानै देखी स्काभेटरले काम गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) टेकबहादुर रावतले बताए । पानी नरोकिएकाले अहिले पनी माटो सहित लेदो बगिरहेको छ काम गर्न दिरहेको छैन । पहिरो पन्छाउन समस्या आएको ढिएसपी रावतले बताए । सडक खुल्न खझै केही समय लाग्ने उनको भनाई छ ।
सामान्य वर्षा हुदा गगने खोलाको पहिरोले पटक पटक सडक अवरुद्ध हुदै आएको छ । यसको दिगो निकासका लागी सरकारको चासो देखिदैन ।


















Discussion about this post