कालिकोटका ६ पालिका बने पूर्णखोप सुनिश्चितता दिगोपना

कालिकोटका ६ पालिका बने पूर्णखोप सुनिश्चितता दिगोपना

 

१० असार,कालिकोट –  कालिकोटका ६ वटा पालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । ६ वटा गाउँपालिका र ३ वटा नगरपालिका गरी जम्मा ९ वटा स्थानिय तह रहेको कालिकोटमा ६ वटा पालिका घोषणा गरिएपछी अव ३ वटा पालिका घोषणा हुन वाँकी रहेका छन । ६ वटा स्थानिय तह पूर्ण खोप घोषणा भयसँगै कालिकोट जिल्ला पूर्ण खोप घोषणा गर्ने तयारी भएको हो ।
सोमवार एक कार्यक्रमका बिच रास्कोट नगरपालिका घोषणा गरिएपछी ६ वटा पालिका घोषणा भएका हुन । अव घोषणा हुन वाँकी तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिका रहेको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी गराए । उनका अनुसार वाँकी ३ वटै पालिकालाई पनी यही १५ गतेसम्म घोषणा गरेर जिल्लालाई नै यही महिनामा दिगोपना घोषणा गर्ने तयारी रहेको महतले बताए ।

सोमवार रास्कोट नगरपालीका लाई घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा व्यवस्थापक डा. भिष्मप्रसाद पोखरेलले पूर्ण खोप दिगोपना सुनिश्चितता अभियानले स्वास्थ्यको प्रणाली सुधार, दिगो विकासमा योगदान, मातृ तथा शिशु स्वास्थ्यमा सहयोग पुग्ने बताए ।
१६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता, दिगोपना घोषणा गरिएको उनले बताए ।

जिल्ला खोप समन्वय समितिले जिल्लामा सबै वार्डमा पुगी पूर्ण खोप लगाए नलगाएको अनुगमन र प्रमाणित गरेपछि मात्रै जिल्लालाई पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्लाको रूपमा घोषणा गरिन्छ । स्वास्थ्य कार्यालयका अनुसार गत चार आर्थिक वर्षको नियमित खोप कार्यक्रमको प्रगति अवस्था तुलना गर्दा पूर्ण खोपको सूचक लक्ष्य अनुसार प्रगति देखिएको समेत बताए ।
जिल्ला खोप समन्वय समिति उप प्रमुख तथा जिल्ला समन्वय उपप्रमुख मिना रावतलाई पूर्ण खोप सुनिश्चितता दिगोपना भएको प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा नगरप्रमुख धमज शाही, उपप्रमुख मनिराज वराल र अन्य स्वास्थ्यकर्मीको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित