कालिकोट – ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनअन्तर्गत आज संघ÷संगठनहरूको दर्ता हुँदै छन।
कालिकोटमा पनी एमाले निकट विद्यार्थी अखिल र नेकपा माओवादी केन्द्र निकट अखिल क्रािन्तकारीले नन्दादेवी बहुमुखी क्याम्पस र जनचेतना बहुमुखी क्याम्पसमा संगठन दर्ता गरेका छन ।
विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले तय गरेको कार्यतालिकाअनुसार सोमबार संघ÷संगठनहरू दर्ता गर्ने कार्यक्रम छ ।
त्यस्तै, २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । कार्यतालिकाअनुसार सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गरिने छ ।चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।
Discussion about this post