कालिकोट- पाठेघरको मुखको क्यान्सर बिरुद्ध कालिकोटमा माघ २२ गतेदेखी खोप लगाउन खोप लगाइने भएको छ । एच. पि.भी. खोप अभियान २०८१ अन्तगर्त किशोरीहरुलाई देशैभरी एकैसाथ यो खोप अभियान सुरु गरिने भएको छ । कालिकोटमा पनी यही माघ २२ गते देखी तिन चरणमा खोप अभियान सुरु गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
खोप अभियान बारे स्वास्थ्य सेवा कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा जिल्ला खोप समन्वय समिती र संचार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा भिष्म पोखरेलले एचपिभी खोप दश वर्ष देशी माथी १४ वर्षभित्रका किशोरीहरुलाई अनिवार्य लगाउनु पर्ने बताएका थिए ।
किशोरीहरुको पाठेघरको मुखको क्यान्सर बिरुद्ध खोप अनिवार्य लगाउनु पर्ने बताए । साथै उनले यो खोपले कुनै पनी नराम्रो असर नपर्ने समेत जानकारी गराए ।
कालिकोटमा ९ हजार दुईसय ३८ किशोरीलाई ९ वटै स्थानिय तहमा एकसय ५२ खोप केन्द्रबाट खोप लगाईने जनस्वास्थ्य अधिकृत तथा खोप अभियानका सम्पर्क व्यक्ती कटक महतले जानकारी दिए ।
जिल्ला समन्वय अधिकारी जनक शर्माको सभाअध्यक्षता, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्रराईको प्रमुख आतिथ्यता, प्रहरी प्रमुख शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख लालप्रसाद पोखरेल , विभिन्न संचार माध्यायम र सरोकारवालाहरुको उपस्थितीमा अभिमुखिकरण गरिएको हो ।
Discussion about this post